करेन्ट प्रयोगले माछा लोप हुदै

बाजुरा, २७ चैत्र । बाजुरा जिल्लाका अधिकांश खोलामा करेन्टले माछा मार्न थालेपछि यहाँका माछा लोप हुने अवस्थामा पुगेको छ । गर्मी याम सुरु भएसगै प्राय स्थानीय खोलामा माछा मार्नेहरूले करेन्ट प्रयोग गर्न थालेपछि माछा लोप हुने खतरा बढेको हो ।

बाजुराका नदी, खोला विषेश गरी बुढीगंगा, बार्जुगाड, मालागाड र इकडी गाडमा सोलार ब्याट्रीको करेन्टले जथाभावी माछा मार्ने कार्य बढ्दै गईरहेको छ । अत्याधिक करेन्ट र बिषादीको प्रयोगले माछा मार्नथालेपछि बाजुराका स्थानीय खोला तथा नदिहरूमा माछा पाउन छाडिएको हो ।

बाजुरामा कर्णाली पछिको सवै भन्दा माछा पाउने स्थान बाजुरा र अछामको सिमानामा रहेको इकडी गाड र बार्जुगाडमा करेन्टले माछा मारेपछि पहिलेको भन्दा कमै मात्रामा माछा पाउने गरेको तोलीका स्थानीय हिमाल शाहीले बताए । उनले भने, ‘आजभोली करेन्टका कारण जाल र झरौलामा माछा मार्न छाडी सके साना साना बालबालीकाहरूसमेत करेन्टको प्रयोग गरीरहेका छन्, नदीमा माछानै पाउन छोडीसक्यो ।

सरकारले यसको नियन्त्रण गर्न जरुरी भइसक्यो ।’ खोलामा ब्याट्री लगेर दिनहु समूह बनाई अव्यवस्थित रूपमा माछा मार्ने क्रम बढ्नाले धेरै माछाका प्रजातीहरू हराएका छन । खासगरी पहिलेको तुलनामा अहिले माछाका प्रजाती देखीन छाडेको समेत त्यहाँका स्थानीय बुढापाकाले भन्ने गरेका छन । जाल खेलेर जिवीका चलाउनेको आयस्रोत बन्ने माछा संकलन कार्य आजभोली करेन्ट संकटमा परेको छ ।

स्थानीय खोलाहरूमा ८ देखि १० प्रजाती सम्मका माछाहरू पाउने गरिएको भएपनि आजभोली करेन्ट र विषादीको जथाभावी प्रयोगले माछा लोप हुन थालेका हुन् । जुन ठाउँमा करेन्ट लगाईयो त्यो ठाउँमा माछाहरू सखाप हुने गरेको साथै सानो देखी ठुला माछाहरू मर्ने र बाचेका माछा पनि नपुंङसक अथवा बच्चा नपाउने हने गरेको स्थानीय रन भण्डारीले जानकारी दिए । यस्ता कार्य निरन्तर भईरहेमा बिस्तारै माछाको उत्पादन घट्दै लोप हुनेमा उनको चिन्ता रहेको छ ।

पहिलेको भन्दा अहिले माछा उत्पादनमा पनि कमी आएको छ । यसरी दिनहु माछा सखाप पार्दा समेत सरोकार वालाको ध्यान गएको पाईदैन । यस सम्बन्धी सर्बसाधारणलाई कुनै किसीमको जनचेतनामुलक काम पनि भएको छैन । यसमा सबैले समयमै ध्यान पु¥याउनु पर्ने कतिपयको भनाई रहेको छ । माछा मार्न जाल या पासो मात्र प्रयोग गर्न पाईन्छ तर बाजुरामा भने दिनहुँ खुलेआम करेन्ट लगाएर माछा मार्नेकाम भईरहेको छ । यसको समयमै निराकरण गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया