सुरु भयो इन्डियन प्रिमियर लिग : पहिलो खेलमा पुणेको जीत

दिल्ली, २७ चैत । यस वर्षको इन्डियन प्रिमियर लिग शनिबार सुरु भयो । यसपटक १० शहरमा ५९ खेल हुनेछ । नेपालमा समेत अत्यन्त लोकप्रिय रहेको भारतको व्यवसायिक यो खेलको तालिका यहाँ प्रस्तुत गरिएको छ । शनिबारदेखि हुने नवौँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलमा ८ टिमको सहभागीता रहनेछ । अघिल्लो संस्करणका दुई टिम चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सको ठाउँमा महेन्द्र सिंह धोनीले सम्हाल्ने राइजिङ सुपरजाइन्टस् पुणे र सुरेश रैनाले सम्हाल्ने गुजराति लायन्स, राजकोट सहभागी हुँदैछन् । धोनीको टीम पुणेले मुम्बईको वानखडे रंगशालामा रोहित शर्माको टीम मुम्बई इन्डियन्ससँग उद्घाटन खेल खेलेको छ ।

पहिलो खेलमा धोनीको टीम पुणेले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ । पहिले ब्याटिङ गरेको मुम्बईले पुणेको लागि १ सय २२ रनको लक्ष दिएको थियो । मुम्बईले दिएको लक्ष्य पुणेले १४ ओभर ४ बलमा १ विकेटको क्षतिमा भेट्यायो । मुम्बईका लागि हरभजन सिंहले ३० बलमा ४५ रनको योगदान गरे पनि टिमको लागि त्यो पर्याप्त भएन । जवाफी ब्याटिङमा उत्रेको पुणेका लागि अजिंख्य रहनानेले अर्धशतक पूरा गरे । उनले ४२ बलमा ६६ रनको नटआउट पारी खेले । प्रतियोगिताको फाइनल जेठ १६ गते यही रंगशालामा हुनेछ ।

यसपटक आइपिएलमा ५९ खेल १० वटा शहरहरू मोहाली, दिल्ली, मुम्बई, नागपुर, पुणे, बेंगलुरू, हैदराबाद, कोलकाता, राजकोट र रायपुरमा हुनेछ ।

यस्तो पहिलो चरणको खेल तालिका

IPL

प्रतिक्रिया