२५ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान

best-player-3e (1)काठमाडौं, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका वर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरी आदर्श व्यक्तित्वका रूपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्वखेलाडी राजुकाजी शाक्यलाई २५ हजार नगद पुरस्कारसहित सम्मान गरेको छ । नगद पुरस्कार गजराज जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष राम जोशीले प्रायोजन गरेका थिए ।

खेलाडी तथा आदर्श व्यक्तित्वलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजेच्छे, नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालगायतले पुरस्कार तथा अवार्ड प्रदान गरेका थिए । सो अवसरमा भक्तपुर नगरपालीका स्थानिय सास्कृतिक नाचहरू प्रस्तुत गरेको थियो भने हास्यकलाकालर विल्सनविक्रम राईले प्रदर्शन गरेका थिए । वर्ष खेलाडीबाट सम्मानित हुनेमा आर्चरीका जितबहादुर मुताङ, एथलेटिस्कका ज्योतीचन्द्र पार्खीङ, ब्याडमिन्टनकी नङशल तामाङ रहे । त्यसैगरी बास्केटबलबाट स्नेहा श्रेष्ठ, बक्सिङमा पूर्ण राई, क्रिकेटमा राजु रिजाल, साइकिलिङमा अजय पन्डित श्रेत्री वर्ष खेलाडी चुनिए ।

फेन्सिङमा रामबहादुर शाही, फुटबलमा नवयुग श्रेष्ठ, जिमन्यास्टिकका ऋषिका श्रेष्ठ, जुडोमा रमेश मगर, करोतेकी विमला तामाङ, लनटेनिसका संरक्षक भुषण बज्राचार्य उत्कृष्ट वर्ष खेलाडी चुनिए । त्यसैगरी राफ्टिङ एन्ड क्यानोइङतर्फ नेपबहादुर मगर, टेबलटेनिसतकी दिप साउथ, तेक्वान्दोकी निशा रावल, सेपाताक्रोका अनिल गुरुङ वर्ष खेलाडीबाट पुरस्कृत भए ।

ट्रायथलनका रुद्र कटवाल, सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, सफ्ट टेनिसक प्रदिप खत्री, पौडीका शिरिष गुरुङ, भारत्तोलनकी तारादेवी पुन उत्कृष्ट वर्ष खेलाडी घोषित भए । कुस्तीका सरोज यादव, उसुकी झराना गुरुङ, गल्फका टक बहादुर कार्की उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानीत भएको कार्यक्रमका संयोजक दीपक थापाले बताए । उत्कृष्ट वर्ष खेलाडी भएका खेलाडीहरूले जनही १० हजार पुरस्कारसमेत प्राप्त गरेका थिए ।

इन्चोन एसियाडमा गरेको पदर्शनका आधारमा उत्कृष्ट वर्ष खेलाडी चयन गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले बताए ।

प्रतिक्रिया