काभ्रे, २६ चैत । वैदेशिक रोजगारीको लागि राहदानी बनाउनेहरूको भिड प्रायः सधँै सदरमुकाम धुलिखेलको बजार वरपर देखिन्छन् । ‘राहदानी बनाइदिन्छु’ भन्दै रकम लिएर ठगी गरेको पाइएपछि ८ चैतमा धुलिखेल नगरपालिका–२ बस्ने पारसमणी ब्यान्जु श्रेष्ठलाई पक्राउ गरिएको छ । राहदानीका लागि फोटो खिच्ने र पासपोर्ट फर्म भर्ने पसलमा कुमारीमाया मोक्तान घिसिङ र भाइ तेजकुमार घिसिङलाई श्रेष्ठले तपाईंहरूले केही गर्नु पर्दैन प्रति व्यक्ति ८ हजारका दरले रकम लिएर १५ दिन पछि बोलाएका थिए । १५ दिनपछि जिल्ला प्रशासन कार्यालयमा बुझ्दा प्रति व्यक्ति ५ हजार रुपियाँ मात्रै लाग्ने थाहा पाएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।
सो जाहेरीकै आधारमा प्रहरीले पारसमणी ब्यान्जु श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जानकारी गराएको छ । जिल्ला प्रशासन काभ्रे आसपासमा विभिन्न बहानामा ठगी गर्नेहरू सक्रिय हुँदै गर्दा काभ्रेको प्रसासनको लागि भने नौलो बन्न पुगेको छ ।
प्रतिक्रिया