पहिलो इन्डो–नेपाल महिला क्रिकेट प्रतियोगिता

women cricket Rubina Chhetri ( APF ) copyकाठमाडौं, २३ चैत । राजधानीमा जारी पहिलो इन्डो–नेपाल महिला क्रिकेट प्रतियोगितामा मंगलबार अल इन्डिया वुमन क्रिकेट एसोसियसनले दोस्रो जित हात पारेको छ । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा भएको खेलमा नेपालको सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ८९ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित हात पारेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अल इन्डियाले ४८ दशमलव २ ओभरमा अल आउट हँुदै २ सय ३१ रन जोड्यो । उसका लागि बबिता मिना(५६), पूजा निमाभत (५०) र शिवप्रिया पाण्डेले(२६) रनको योगदान दिइन् । एपिएफको बलिङमा रुबिना क्षेत्रिले सर्वाधिक ४ विकेट लिइन् । करुणा भण्डारी ३ र सीता राना मगरले २ विकेट हात पारिन् ।

जवाफी ब्याटिङमा उत्रेको एपिएफ ३४ दशमवल १ ओभरमा अल आउट हुँदै १ सय ४२ रन मात्रै जोडेपछि हार बेहोरेको थियो । राष्ट्रिय टोलीको सदस्यले भरिएको एपिएफका ब्याट्सम्यान अल इन्डियाका बलर सामु टिक्न सकेनन् । एपिएफका लागि सीता राना मगरले अर्धशतक पूरा गर्दै ५९ रनको योगदान दिइन् । सीताले ६५ बल खेल्दै ८ चौका प्रहार गरिन् ।

त्यस्तै बिनु बुढामगरले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । अल इन्डियाको बलिङमा शिव प्रिया एक्लैले ५ विकेट लिँदै नेपालको इनिङलाई धरासायी पारेकी थिइन् । पूजा निमाभतले २ विकेट हात पारिन् । राइजिङ क्रिकेट फर वुमन क्लबले नेपाली महिला क्रिकेट खेलाडीहरूको स्तरवृद्धि र अन्तर्राष्ट्रिय खेलका लागि नेपाली राष्ट्रिय महिला टोलीलाई तयार राख्नका लागि भन्दै प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया