बलिउड अभिनेत्री ‘प्रत्युषा’ ले गरिन् आत्महत्या

pratusaha copyमुम्बई । भारतीय अभिनेत्री प्रत्युषा बेनर्जीले आत्महत्या गरेकी छिन् । भारतीय टेलिभिजनको चर्चित कार्यक्रम ‘बालिका वधु’की कलाकार २५ वर्षीया बेनर्जीले शुक्रबार आफ्नै निवासमा आत्महत्या गरेकी हुन् ।

बेनर्जी उनकै घरमा झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कलाकार प्रत्युषाको शरीरमा चोटको निशानासमेत देखिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

घरमा झुन्डिएको अवस्थामा फेला परेकी प्रत्युषालाई कोकिलाबेन अम्बानी अस्पतालमा लगिए पनि त्यहाँ पु¥याएलगत्तै चिकित्सकहरूले मृत घोषित गरेका थिए । सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ ४÷५ बजेतिर आत्महत्या गरेको हुन सक्छ ।

सन् १९९१ अगष्स्ट १० मा जमशेदपुरमा जन्मिएकी प्रत्युषाले ‘बालिका वधु’का अलावा ‘झलक दिखला जा ५’, ‘बिग बोस ७’, ‘इतना करो न मुझे प्यार’ र ‘कमेडी क्लासेस’ मा पनि कलाकारको भूमिकामा खेलेकी थिइन् । उनले कलर्स टेलिभिजनको चर्चित सो ‘ससुराल सिमर का’ मा पनि काम गरेकी थिइन् ।

प्रत्युषाको आत्महत्याको विषयलाई लिएर प्रहरीले उनका प्रेमी राहुलराज सिंहसँग सोधपुछ गरेको छ । १ दिन अगाडि प्रत्युषा र उनका प्रेमी राहुल सिंहबीच झगडा भएको उनका नजिकका साथीहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया