पुनर्निर्माणका विषयमा सार्वजनिक सुनुवाई

vukampa copyकाभ्रे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रेडियो नमोबुद्ध र चन्डेनीमन्डन गाविसको संयुक्त आयोजनामा १८ चैतमा ‘भूकम्पपछिको अवस्था र पुनर्निर्माण’ विषयमा एक सार्वजनिक सुनुवाई आयोजना गरिएको छ ।

कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम, जिल्लाप्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक दानसिंह मडै, जिल्ला विकास समिति काभ्रेकी कार्यक्रम अधिकृत सविना शर्मा र नेपाल रेडक्रस सोसाइटी काभ्रेका अनिरुद्ध न्यौपानेले आफ्नो धारणा राखेका थिए ।

यसैगरी, रेडियो नमोबुद्धका स्टेसन म्यानेजर भक्त स्याङतान र चन्डेनीमन्डन गाविसका सचिव रोहित निरौलालगायतले भूकम्पपछिको अवस्थाका विषयमा आफ्नो भनाइ राखेका थिए । (सौस)

प्रतिक्रिया