सन्दीपसँग पनि टाढिँदै करिश्मा

karishmaमुम्बई । अभिनेत्री करिश्मा कपुर र सन्दीपबीचको सम्बन्ध खराब भएको समाचार प्रकाशमा आएको छ । सन् २०१२ मा पति सञ्जय कपुरसँग अलग भएकी उनको त्यसपछिको व्यक्तिगत जीवन भिन्न आरोहसहित अघि बढेको हो । पतिसँग छुट्टिएर उनी माइतीमा बस्दै आएकी छन् । सञ्जय र करिश्माको डिभोर्स केसको चर्चा अहिलेसम्म पनि छ । उनीहरूको डिभोर्स पूर्णरूपमा भइसकेको छैन । केही कानुनी प्रक्रियाहरू अझै पनि बाँकी नै रहेको स्रोतले बताउँदै आएको छ ।

पतिसँग अलग भएपछि करिश्मा भारतीय व्यापारी सन्दीपसँग नजिकिएकी थिइन् । उनी सन्दीपको प्रेममा चुर्लुम्म डुबेको पनि खबर छ । उनको सन्दीपसँगको सम्बन्ध धेरै कमलाई मात्र थाहा थियो । विगत २ वर्षदेखि उनीहरू एकअर्कासँग लुकिछिपी भेट्ने गर्थे । तर, सन्दीपलाई करिश्मासँगको सम्बन्ध सार्वजनिक रूपमै सबैलाई थाहा होस् भन्ने चाहान्थे । तर, करिश्मालाई भने यो कुरा मन्जुर थिएन ।

सन्दीप फेरि सधैँ लुकीलुकी भेट्नुपर्ने तनावमा थिए । यहीकारण सन्दीपले करिश्मासँग सम्बन्ध तोडेका छन् । उनीहरूको ब्रेकअप भएका समाचारहरू सार्वजनिक भएका छन् । (एजेसी)

प्रतिक्रिया