एमाले जनकपुर इञ्चार्ज योगनारायण यादव पक्राउ

yog narayan yadavकाठमाडौं, १७ चैत । एमाले जनकपुर अञ्चल इन्चार्ज योगनारायण यादवलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । महाशाखाको टोलीले यादवलाई बुधबार साँझ धुम्बाराहीस्थित एमाले पार्टी कार्यालय नजिकबाट पक्राउ गरेको हो ।

यादवमाथि २ जनाको गोली हानी हत्या गरेको र १ दर्जनभन्दा बढीलाई घाइते बनाएको आरोप छ । धनुषाको सबैलाई नगरपालिकास्थित मदन आश्रित निम्न माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको चुनावमा झडप हुँदा उनले गोली हानेर स्थानीय रामसेवक राउत र रामप्रकाश यादवको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

यादव एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा जनकपुर अञ्चल इञ्चार्ज हुन् । उनी पहिलो संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ६ बाट विजयी भएका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा भने यादव पराजित भएका थिए । अपराध महाशाखाले यादवलाई थप कार्बाहीका लागि धनुषा प्रहरीमा बुझाएको छ ।

०४७ सालदेखि एमालेको युवा संगठन प्ररायु संघको सबैला गाउँको अध्यक्ष भएर उनले राजनीति सुरु गरेका हुन । ०४८ सालमा सबैला गाविसको एमालेको सचिव, ०४९ मा इलाका सचिव भएका यादव ०५० सालमा एमाले जिल्ला समिटी सदस्यमा चुनिए । ०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका यादव ०५८ सालमा एमालेको धनुषा जिल्ला सचिव भए । ०६५ सालदेखि एमालेको केन्द्रीय सदस्य रहेका यादव ०६६ सालदेखि महोत्तरी जिल्लाको इञ्चार्जसमेत रहँदै आएका छन् ।

प्रतिक्रिया