पत्रकार महासंघद्वारा प्रभातफेरि

kqsf/x?åf/f k|eftkm]/L  g]kfn kqsf/ dxf;ª3n] cfkmgf] ^!cf}F :yfkgf lbj;sf] cj;/df dªnaf/ laxfg k|bz{gLdfu{b]lv /Tgkfs{;Dd k|eftkm]/L sfo{qmd ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, १६ चैत । नेपाल पत्रकार महासंघले आफ्नो ६१औँ स्थापना दिवसको अवसरमा मंगलबार बिहान प्रदर्शनीमार्गदेखि रत्नपार्कसम्म प्रभातफेरि कार्यक्रम गरेको छ । प्रभातफेरि भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँसडक, वीर अस्पताल हुँदै रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मुलुकको आर्थिक विकासलाई गति दिन पत्रकारितालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । अध्यक्ष विष्टका अनुसार संघीय संरचनाअनुसार पत्रकार महासंघलाई अगाडि बढाउन महासंघले गृहकार्य गरिरहेको छ ।

महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले मुलुकमा भएका ठूला आन्दोलनमा नेपाली पत्रकारिता जगत्ले केन्द्रमा रहेर काम गरेको स्मरण गरे । उनले भने, ‘मुलुकमा स्थापना भएको संविधान र लोकतान्त्रिक मूल्य मान्यता आमजनतामाझ पुगेका छैनन् । यसलाई आमजनतामा पु¥याउने चुनौती हाम्रो सामु छ ।’

पत्रकार महासंघको स्थापना दिवसका अवसरमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाल सरकार, राजनीतिक दलहरूबाट शुभकामना सन्देशहरू आएका छन् । महासंघकै स्थापना दिवस पारेर बुधबार(आज) दिउँसो ३ बजे पत्रकार र राजनीतिक दलबीच मैत्रीपूर्ण फुटबल हुँदै छ ।

यसैगरी नेपाल पत्रकार महासंघ धनकुटा शाखाले ६१औँ स्थापना दिवसको अवसरमा मंगलवार बिहान धनकुटामा पत्रकारहरूले प्रभात फेरी निकालेका छन । नेपाल पत्रकार महासंघ धनकुटाको आयोजनामा स्थानीय भीमनारायण चौकबाट सुरु गरेर प्रभात फेरी बीचबजार, परिचयमोड, हुलाकटोल हुँदै मदनचौकमा पुगेर सकिएको थियो । ‘पूर्ण प्रेस स्वतन्त्रता हाम्रो अभियान’भन्ने नारा लेखिएको ब्यानरसहित धनकुटामा क्रियाशील करिव ३ दर्जन बढी पत्रकारहरू प्रभातफेरिमा सहभागी भएका थिए । पत्रकार महासंघको स्थापना दिवसको अवसरमा तय गरिएको २ दिवसीय कार्यक्रमअन्तर्गत बुधबार (आज) अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारलाई पुरस्कृतसहित सरोकारवाला पक्षसँग अन्तर्क्रिया गरिने महासंघ धनकुटा शाखा अध्यक्ष खगेन्द्र घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया