उदयपुर, १४ चैत्र । उदयपुर प्रहरीले अवैध मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उदयपुरमा उत्पादन गरी सिराहा, सप्तरी जिल्लामा निकासी गर्न तयारी अवस्थामा रहेको करिब १ हजार ५ सय लिटर मदिरा आइतबार नष्ट गरिएको छ ।
त्रियुगा नगरपालिकाको जलजले, देउरी, श्रीपुरलगायतका क्षेत्रमा उत्पादन गरी बजार लाने क्रममा फेला पारी पक्राउ गरी जम्मा गरिएको मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय जलजलेका इन्र्चाज सुनीलकुमार यादवले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय जलजले परिसरमा संसद शान्तिकुमारी चौधरीको उपस्थितिमा घरेलु मदिरा नष्ट गरिएको हो । मदिरा नष्ट कार्यक्रममा सासंद चौधरीले उदयपुरलाई लागुपदार्थ दुव्र्यसनी मुक्त जिल्ला बनाउने अभियान प्रहरी प्रशासनलाई सहयोग गर्नको लागि स्थानीयहरूसँग आग्रह गरेकी छन् ।
प्रतिक्रिया