काठमाडौं, १४ चैत । दोलखा जिल्ला मालु ४ का मृगौला रोगी विजय खड्काले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । उनले आफ्नो दुवै मृगौला काम नलाग्ने भएर काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेको तथा उपचारको क्रममा धेरै खर्च भइसकेको भन्दै सहयोगको याचना गरेका हुन् ।
आफ्नो घरको आर्थिक अवस्था नाजुक भएकाले उपचारमा समस्या भएको भन्दै उनको बुबा शिवबहादुर खड्काले छोराको उपचारका लागि सहयोगी मनहरूलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । मृगौला रोगी जिवयको बुवाले आफ्नो छोराको उपचारका लागि निकै खर्च भएको र हाल आफ्नो पहुँच भन्दा बाहिर रहेको हुँदा सहयोग माग्नु परेको बताएका छन् ।
०५४ सालमा जन्मेका विजयको उपचारका लागि प्रभु बैंकमा रहेको खाता नं. ०३७००००४१७ क्ग् मा रकम जम्मा गरेर सहयोग गर्न सकिने तथा फोन नं. ९८४१३९८८१७ मा सम्पर्क गर्न सकिने विजयका बुवा शिवले बताए ।
प्रतिक्रिया