‘चीनसँगको सम्झौता ठूलो उपलब्धी’

kc copyबुटवल, १२ चैत । उपप्रधानमन्त्री चित्रबहादुर केसीले चीनसँग भएको पारवहना सम्झौताका कारण छिमेकीमा खैलाबैला भएको बताएका छन् । उनले चीनसँग भएको सम्झौता नेपालका लागि ठूलो उपलब्धी भएकोसमेत बताए . उनले अहिलेसम्म कुनै कसैले गर्न नसकेको सम्झौता नेपालले गरेको भन्दै अब पहिलेजस्तै नाकाबन्दीको सिर्जना नहुने बताए । बुटवलमा शुक्रबार प्रगतिशील पत्रकार संघको छैठौँ राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गरिबी निवारण तथा सहकारीमन्त्रीसमेत रहेका केसीले चीनसँग पारवहन सम्झौता भइसकेकाले अब छिमेकीको हेपाह प्रवृत्तीको अन्त्य हुने बताए । उनले भने, ‘यो ठूलो उपलब्धी हो, तर चीनले पारवहन सम्झौता गरे भन्दै नेपाली राष्ट्रियतामाथि खलल पु¥याउन पाइँदैन ।’

उनले देशको राष्ट्रियता, अखण्डता र सार्वभौमता अप्ठ्यारोमा रहेको भन्दै दलगत रूपमा स्वार्थ नहुने हो भने राष्ट्रियतामा कुनै खलल नहुने बताए । उनले भने, ‘पारवाहन सम्झौतापछि अब चीनको बाटो भएर १३ देशमा पारवहना हुन्छ, यसले गर्दा अहिले छिमेकीमा खैलाबैला बनाएको छ ।’

उनले प्रधानमन्त्रीको चीन भ्रमण ठूलो र ऐतिहासिक सफलता भएको पनि बताए । उनले अहिलेको संविधानले सबैलाई समेटेको भन्दै संविधानको विषयमा बाहिरीले चासो राख्नुपर्ने जरुरी नरहेको बताए । उनले संविधानले बनाएपछि माथि कालो बादल मडारिएकाले अब त्यो बादललाई खुला गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष मोतीलाल पाण्डे, रुपन्देही उद्योग संघका उपाध्यक्ष गोपाल अधिकारी, पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका अध्यक्ष लोकराज पोख्रेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दीपक ज्ञवाली, प्रेस चौतारीका केन्द्रीय सदस्य भरत केसी, प्रेस युनियनका जिल्ला अध्यक्ष विक्रम खड्का, क्रान्तिकारी पत्रकार संघका निर्वतमान अध्यक्ष रुद्रहरी कुँवर, अनिज रुपन्देहीका अध्यक्ष टेक मास्की रानालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया