काभ्रेमा नया“ तालिम केन्द्र खुल्यो

kavre copyकाभ्रे ११ चैत । काभ्रेको बडालगाँउमा नयाँ तालिम केन्द्रको स्थापना भएको छ । जर्मन नेपालको सहयोगमा त्यहाँ तालिम केन्द्र स्थापना गरिएको हो ।

आवासीय तालिम सञ्चालनका लागि स्थापना भएको २ तले तालिम केन्द्रमा सयजनासम्म बस्न मिल्ने बनाइएको छ । योसँगै अत्याधुनिक तालिम केन्द्रले स्थानीयहरूमा नयाँ आम्दानीको स्रोतको ढोकासमेत खुल्ने स्थानीयले आशा राखेका छन् । तालिम केन्द्रको उद्घाटन गर्दै जर्मन नेपालका सदस्य आन्ड्रीयाच फाल्कोले भूकम्कका कारण भवन उद्घाटन ढिलो भएको बताए । उनले यसका संरक्षणमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले भने हामीले यो एउटा नमुना मात्रै सहयोग गरेका हौँ बाँकी स्थानीयले नै गर्नुपर्ने उनको भनाइ रहेको थियो ।

उनले बाहिरी गाउँमा भएको सहयोगले आपूmहरू खुसी भएको समेत बताएका छन् । जर्मन नेपालका सदस्य सबिना बाउमेयरले पनि भवन बनाउँदा देखिएको खुसी तालिम लिन आउनेहरू र लिएर फर्कनेहरूमा पनि हुनुपर्ने बताएका छन् ।

उद्घाटनमा विशेष अतिथि जिल्ला शिक्षा कार्यलय काभ्रेका प्रमुख नन्दलाल पौडेलले शैक्षिक तालिम केन्द्रको रूपमा स्थापना भएको भवनमा विद्यार्थीहरू र शैक्षिक गतिविधिहरू गर्दा शैक्षिक गुणस्तरसमेत उकास्न मद्दत पुग्ने विश्वास लिएका छन् । भवन निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराएका केशब बडाललाई विशेष धन्यवाद दिँदै सामाजिक काममा यस्ता सहयोगको ज्यादै महत्व रहेको बताएका थिए ।

कार्यक्रम सञ्चालन दीपक रोक्काले गरेका थिए भने केदारबहादुर तामाङ, भोलाबाहादुर गौतम, सीताराम कोइराला प्रशिक्षकलगायतले बालमैत्री शिक्षा र शिक्षा क्षेत्रमा तालिम केन्द्रले पु¥याउने योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया