राउटेसँग रेखाको होली

rekha thapaकाठमाडौं, १० चैत । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले उपराष्ट्रपति कार्यलयमा काठमाडौं घुम्न आएका ५ जना राउटेसँग होली खेलेकी छिन् । मंगलबार चलचित्रकर्मीसँग होली खेलेकी रेखाले बुधबार बिहान उपराष्ट्रपति कार्यालय पुगेर अछामबाट आएका ५ जना राउटेसँग रंगको पर्व होलीको खेलेकी हुन् ।

५ जना राउटेमध्ये १ जना उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनका मित हुन् । यसैले पनि उनीहरू दीपेशको निम्तोमा काठमाडौं आएका थिए । उनीहरू बुधबार नै अछाम र्पmकने नायिका रेखा थापाले बताइन् ।

राउटेहरूले रेखालाई ‘रेखा प्यारी’ भनेर बोलाएका थिए । साथमा, रेखाको आउँदो चलचित्र ‘रामप्यारी’का लागि शुभकामना पनि दिएका छन् । राउटे बस्तीका मुखियाले आफूलाई छोरी बनाएको भन्दै राउटेहरूले आफूलाई दिदी भन्ने गरेको रेखाको भनाइ छ । काठमाडौं आएको समयमा सधैँ नै राउटेहरूले आफूलाई सम्झने गरेको रेखाको भनाइ छ । उपराष्ट्रपति नन्दकिशोर पुनले पनि राउटेहरूलाई रंग लगाइदिएका थिए ।

प्रतिक्रिया