विराजको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको छनोट

national coach koji football copyकाठमाडौं, ८ चैत । मलेसियासँग हुने मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्ययीय राष्ट्रिय फुटबल टोलीको छनोट भएको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा नवनियुक्त मुख्य प्रशिक्षक ग्योतोकु कोजीले सोमबार विराज महर्जनको कप्तानीमा टोलीको घोषणा गरे ।

मलेसियाको अब्दुल रहेमान स्टेडियमा २७ मार्चमा हुने खेलका लागि ३ गोलरक्षक, ९ डिफेन्डर, ६ मिडफिल्डर र ५ फरवार्डको छनोट गरिएको छ ।

टोलीमा भरत खवास, विजयी धिमाल विकेश कुथु, विशाल राई, विशाल श्रेष्ठ, विश्वास श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, हेमन गुरुङ, जगजित श्रेष्ठ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मानबहादुर तामाङ, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रविन श्रेष्ठ, रन्जन विष्ट, रन्जित धिमाल, रन्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा र सुनील बल छनोट भए ।

कार्यक्रममा प्रशिक्षक कोजीले सागमा पदक विजेता खेलाडीलाई छनोटमा प्राथमिकता दिएको बताए । उनले मलेसियाको टिम युवा खेलाडी भएकाले आपूmले पनि भविष्यलाई हेर्दै युवा फुटबलरलाई छनोटमा मुख्य ध्यान दिएको बताए । कोजीले भने नेपाली खेलाडीहरू निकै प्रतिभावान छन् त्यसैले दक्षिण एसियामा उत्कृष्ट टोली बन्न सक्नेछ ।

प्रतिक्रिया