अमेरिकी राष्ट्रपति ओबामा क्युबामा

obamaहवाना । अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार क्युबा पुगेका छन् । यो भ्रमणले करिब ८ दशकछिको २ देशबीचको सम्बन्धको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ । शीतयुद्धताकादेखि कै सत्रुतापूर्ण सम्बन्ध रही आएका यी २ देशको सम्बन्ध पुनःस्थापनास्वरूप गत वर्षदेखि विविध कार्यक्रम अघि सारिएको छ । यसअघि क्युबाको राजधानी हवानामा दुवै देशको झन्डा उठाएर सम्बन्धमा नयाँपनको सन्देश दिइएको थियो ।

आइतबार राष्ट्रपति ओबामा हवाना पुग्दा क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगोजले विशेष स्वागत गरेका थिए । अमेरिकी प्रथम महिला मिचेल ओबामाका साथै कयौँ उच्च सरकारी अधिकारीका साथ क्युबा पुगेका उनलाई क्युबाको मार्ती अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

ओबामा मार्ती विमानस्थलमा पुग्दा भारी मात्रामा वर्षा भइरहेकोले विमानबाट ओर्लिएपछि राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामालाई छाता ओढाइएका दृश्य टेलिभिजनले देखाएका थिए । उनले सोमबार पहिलो दिन हवाना भियजाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत उक्त सहर क्युबाको एक प्रसिद्ध सांस्कृतिक सहर हो ।

ओबामासँगै २ छोरी पनि छन् । ओबामा परिवारले सो सहरको भ्रमण गर्दा उक्त सहरको ऐतिहासिक एवं सांस्कृतिकरूपमा २ देशबीचको सम्बन्धलाई मापन गरिने विश्लेषण गरिएको छ । सोमबार नै उनले क्युबाली राष्ट्रपतिसँग भेटवार्ता गर्नु अगावै क्युबाली राष्ट्रपिताका रूपमा स्मरण गरिने जोसे मार्तीको समाधिस्थलमा श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम पनि तालिकामा छ । राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्त्रोबीच पनि भेटवार्ताका कार्यक्रम छ । उनीहरूबीचको वार्तापछि संयुक्त प्रेस विज्ञप्ति पनि जारी हुने कार्यक्रम रहेको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

सोमबारै राष्ट्रपति ओबामाले हवानामा क्युबाली र अमेरिकी उद्यमी तथा व्यापारीसँग पनि अन्तत्र्रिmया गर्ने कार्यक्रम छ । सो अन्तत्र्रिmयामा उनीहरूबीच अमेरिका र क्युबाबीचको आर्थिक साझेदारिताको विकासका साथै लगानीका नयाँनयाँ सम्भावनाहरूको बारेमा पनि छलफल हुनेछ ।

अमेरिकी राष्ट्रपतिका रूपमा सन् १९२८ पछि पहिलोपटक यो भ्रमण भएको हो । आधा शताब्दिभन्दा पनि लामो समयपछि भएको यो भ्रमणका क्रममा महत्वपूर्ण विषयमा छलफल वा सम्झौताभन्दा पनि सम्बन्धको सुधारका क्षेत्रमा प्रगति हुने जनाइएको छ । सन् २०१४ को डिसेम्बरमा अमेरिकी राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति क्यास्त्रोबीच सम्बन्धको सुधार गर्ने विषयमा सहमति भएको
थियो । (एजेन्सी)

प्रतिक्रिया