उत्तरप्रति दक्षिणको आशंका

सोल, ८ चैत । गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरि पनि अर्काे परीक्षण गर्न लागेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले सोमबार सो जानकारी दिएको बताइएको छ । बताइएअनुसार उत्तर कोरियाले पछिल्लो समयमा उसका विरुद्धमा अमेरिका तथा संयुक्त राष्ट्रसंघले नै लगाएको नाकाबन्दीविरुद्धमा फेरि अर्काे परीक्षणको तयारी गरिरहेको छ ।

यसका साथै यस्तो कुनै पनि परीक्षणका विरुद्धमा आपूmहरू तयारी अवस्थामा रहेको पनि दक्षिण कोरियाले जानकारी दिएको छ । दक्षिण कोरियाली सरकारका प्रवक्ता ज्योन जुन हि भन्छन्, ‘उत्तर कोरियाले पाँचाँैपटक यस्तो परीक्षण गर्दै छ र हामी त्यसका लागि त्यसको प्रतिकारको तयारीमा छौँ ।’

उनले आफ्नो सरकारले उत्तर कोरियाले गतहप्ता पनि यस्तै व्यालेस्टिक परीक्षण गरेको र त्यसअघिको तयारी थाहा पाएको भन्दै यतिखेर पनि उसले गरेको तयारीको बारेमा थाहा भएको जनाए । उत्तर कोरियाले गएको ६ फेब्रुअरीमा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्काे व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले बिहीबार मात्र यस्तो क्षेप्यास्त्र परीक्षण गरेको जानकारी दिइएको थियो ।

बिहीबार बिहानै गरिएको यस्तो क्षेप्यास्त्र मध्यमदुरीको भएको बताइएको छ । यस क्षेप्यास्त्र समुद्रमा खस्नुभन्दा अघि कम्तीमा पनि ८ सय किलोमिटर लामो यात्रा गरेको थियो । योनहाप समाचार समितिले दिएको जानकारीअनुसार सो क्षेप्यास्त्र बिहीबार उत्तर कोरियाको पूर्वी भू­भागलाई लक्ष्य गरेर गरिएको थियो र मध्यमदुरीको यात्रापछि सो क्षेप्यास्त्र पानीमा खसेको थियो ।

यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन । यस अगावै बुधबारै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गरेको ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । गत २ हप्ता मात्र अघि संयुक्त राष्ट्रसंघले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो । उक्त नाकाबन्दीपछि पनि उत्तर कोरियाले थप शक्तिशाली आणविक परीक्षण गर्ने चेतावानी दिएको थियो ।

लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने २ राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी २ देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् ।

फोन ह्याक गरेको आरोप
यसैगरी, दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीको फोन ह्याक गरिदिएको बताएका छन् । यसअघि पनि उसले पटकपटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको र यसपटक आफ्ना महत्वपूर्ण र उच्चपदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको बताएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरू उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरूको भनाइ छ । दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले विगत लामो समयदेखि दक्षिण कोरियाको सूचना प्रविधिमा हमला गर्ने गरेको आरोप लगाएको छ ।

६ फेब्रुअरीमा उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ । यसका कारण दक्षिणकोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरूले उत्तर कोरियाविरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसंघलाई सघाएका थिए ।

प्रतिक्रिया