स्वस्थ बन्दै बाजुराबासी

बाजुरा, ८ चैत । सदरमुकाम मार्तडीदेखि ३ दिनको पैदल दुरीमा रहेका रुगिन र बिच्छयाँका बस्तीहरूमा सधैँजसो झाडापखाला, रुघाखोकी, महामारी र हैजाजस्ता विभिन्न रोगलागेर अकालमै ज्यान गुमाउनेको संख्या थुप्रै हुने गथ्र्यो । स्वास्थ्य संस्थामा पनि त्यत्तिकै मात्रमा बिरामीको घुइँचो हुन्थ्यो । पछिल्ला २ वर्षयता यो शृंखलामा कमी आएको छ ।

दुर्गम गाउँमा बसोवास गर्ने मानिसहरू आफ्नो स्वास्थ्यसम्बन्धी कुनै पनि ख्याल नगर्नु, सरसफाइसम्बन्धी जनचेतना नहुनु र जताततै फोहोर हुनुले त्यहाँ मानिसहरू झाडापखाला, माहामारी र हैजाजस्ता रोगको समस्या रहेको थियो । केही वर्ष यता सरकारले खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि बिस्तारै बाजुरामा पनि यो कार्यक्रम लागू भएको हो । स्थानीय स्तरमा विभिन्न अभिमुखीकरण जनचेतनामूलक सन्देश दिनुका साथै स्थानीयलाई शौचालय निर्माणमा अभिप्रेरित गराएपछि यसको प्रभाव देखिएको छ ।

यस क्षेत्रका बासिन्दाले घरघरमा शौचालय निर्माण गरी पुरै गाविसलाई नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्दा झाडापखालाका बिरामीसमेत घटेका छन् । यस्ताखाले बिरामी स्वास्थ्य संस्थामा समेत आउन छोडेको बताउँछन्, बिच्छयाँ स्वास्थ्यचौकीका जगत थापा । उनी भन्छन्, ‘हाम्रो गाउँमा त १ वर्षयता बिरामी नै घटिसकेका छन् । पहिलेको भन्दा धेरै न्यून भई सके । घरघरमा चर्पी लगाउँदा खुलादिसा मुक्त भयो । यहाँका मान्छे सबै चर्पीमै दिसा गर्ने बानीसमेत बस्दा घर बाहिरको वातावरण प्रदूषण हुन नपाउँदा रोग ब्यथासमेत नियन्त्रण भएको छ ।’

गाविसमा शौचालय निर्माणपछि बिरामीको संख्या कम भएको छ । दैनिक रूपमा ५०, ६० जनाभन्दा बढी झाडापखालाका बिरामीहरू आउने स्वास्थ्यचौकी बिच्छयाँमा हाल अन्यबिरामी मात्र आउने गरेको स्वास्थ्यचौकीले जनाएको छ । त्यस्तै शौचालय निमार्णपछि रुगिन स्वास्थ्यचौकीमा समेत बिरामी घटेको र गाउँमा विगतको भन्दा अहिले यहाँका जनता निकै स्वस्थ भएका बताउँछन् रुगिन स्वास्थ्यका कर्मचारी बताउँछन् । उनीहरू भन्छन्, ‘दैनिकजसो ६० देखि ८० जनासम्म बिरामी आउने यस रुगिन स्वास्थ्यचौकीमा आजभोलि १५ देखि २० जनाको हाराहारी मात्र बिरामी आउने तर बिरामी झाडापखाला आउँमासी हैजाका नभए र समान्य जरो टाउको दुख्ने चोटपटक लागेका कुकुरले टोकोका बिरामी मात्र आउने गरेका छन् ।’

उनीहरू गाउँमा बिरामी घट्नुको सफलता शौचालय निर्माण अभियान भएको र खुलादिसा मुक्त क्षेत्र घोषणा भएका कारण यो परिवर्तन आएको समेत बताउँछन् । घरघरमा शौचालय निर्माण गर्दा विगतको भन्दा निकै परिवर्तन आएको र आफ्नो गाउँघरका छिमेकीहरू सरसफाइमा ध्यान दिने गरेको बताइन्छ । जथाभावी फोहार नगर्ने र सधैँजसो स्वस्थ रहने गरेको बताउँछिन्, रुगिन–५ की विवेचना शाही मल्ल । उनी भन्छिन्, ‘पहिलेका मानिसहरू त अकालमा ज्यान गुमाउँदा रहेछन् । आफ्नो स्वास्थ्यको कुनै ख्याल नगर्दा विभिन्न रोगहरू लाग्दासमेत स्वास्थ्य संस्थामा उपचार नगर्दा विकालमा ज्यान गुमाउनु परेको थियो । अहिले पहिलेको जस्तो नभएको गाउँमा सबै सचेत भएका र सरसफाइमा सबैभन्दा बढी ध्यान दिने गरेका छन् ।’

१ वर्ष पहिले गाउँ नै खुलादिसा मुक्त क्षेत्र घोषणा हुँदा खोला पँधेरा पानीका मुहान कुवासमेत शुद्ध बनेका र जुन ठाउँको पानी खाँदा पनि फरक नपर्ने स्थानीयबासी बताउँछन् । बिच्छयाँका कलक रोकाया उनले भने गाउँले बिस्तारै शिक्षित हुँदै गएको बताउँछन् । सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न सरसफाइसम्बन्धी तालिम गोष्ठी दिएका कारण पनि बाजुरामा यो परिवर्तन आएको बताइन्छ ।

यो अभियनाका कारण गाउँमा बसोवास गर्ने मानिसहरू सरसफाइमा सचेत रहने गरेका छन् । यता मार्तडीमा होटेल व्यवसायी गर्दै आएका रुगिनका धप्की बुढाले भने अहिले सहर बजारभन्दा गाउँघरका मानिसहरू स्वस्थ भएको र सरसफाई पनि गाउँकै मानिस भएको दाबी गरे ।

उसो त बिच्छयाँ माविशिक्षक गोरख रोकाया भन्छन, ‘आजभोलि हाम्रो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीसमेत पहिलेको भन्दा निकै सरसफाईमा ध्यान दिन लागेका छन् । सरसफाइ अभियानको प्रभावले ग्रामीण भेकमा महत्वपूर्ण योगदान दिएको समेत खुसी व्यक्त गरे ।’ अन्यको पनि यसैखाले आशय छ, ‘स्थानीयले शौचालय निर्माण नगर्दा जताततै दिसा हुन्थ्यो फोहोरकै कारण भाडापखाला, रुघाखोकी, आउँपरेका बिरामी भएर स्वास्थ्य केन्द्रमा घुइँचो लाग्थ्यो आजभोलि बिरामी घट्दै आएका छन्,’ प्राथमिक स्वास्थ्यकेन्द्र कोल्टीका सिअहेव अशोक कुमार सिंहले भने । शौचालय अभियानले हामी स्वास्थ्यकर्मीलाई समेत सहयोग भएको हाम्रो अभियान सफल भएको समेत उनले खुसी व्यक्त गरे ।

बिरामीकै कारण भौगोलिक विकटताका जनताहरू निकै सास्ती खेपिरहेका थिए । भने कयौँ बिरामीहरू अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको थियो । स्थानीयले घरघरमा शौचालय निर्माण गरेपछि हावा पनि प्रदूषण नभएकोले बिरामीसमेत नहुने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । फोहोरकै कारण बालबालिकाहरू बढी बिरामी हुँदा विद्यालयसमेत बन्द गर्नुपथ्र्यो । शौचालय निर्माणपछि त्यस्ता समस्या नआएका शिक्षकहरूले बताएका छन् । शौचालय निर्माण अभियानले यहाँका स्थानीय वासिन्दालाई ठूलो राहात भएको महसुुस गर्छन्, रुगिन फैतिका देवजंग मल्ल । सरसफाइ अभियानमा सेवक नेपाल युयान ह्यबिटेड, जिल्ला खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, फडवासनलगायत सरकारी तथा गैरसरकारी संस्थाले ठूलो सहयोग पु¥याएका छन् । उनीहरूकै कारण बाजुरामा यो परिवर्तन आएकोे रुगिन गाविसका सचिव गौरीकान्त सन्ज्याल बताउँछन् ।

प्रतिक्रिया