मोर्चाले होली नमनाउने

काठमाडौं । मधेसमा धुमधामकासाथ मनाइने होली मधेस केन्द्रित दलहरूले नमनाउने भएका छन् । मधेस आन्दोलनका क्रममा ५ दर्जन बढीको मृत्यु भएको शोकमा होली पर्व नमनाउने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले घोषणा गरेको हो ।

मधेस केन्द्रित ७ दलका नेताहरूले सोमबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्षको क्रममा ५ दर्जनभन्दा बढी आन्दोलनकारीको निर्मम नरसंहार गरिएको छ । घरमा शोकको यस्तो अवस्थामा होली मनाइँदैन । होलिका दहन झैं यस वर्षको होली उच्चतावादी अहंकार, बर्चस्ववाद र दानवी प्रवृत्तबिाट राज्यलाई मुक्ति देओस् ।’ विज्ञप्तिमा होली मनाउने सबैमा शुभकामना भने दिइएको छ । होलीपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ । (सौस)

प्रतिक्रिया