पेरिस आक्रमणका अर्का आरोपीको खोजी

franceब्रसेल्स, ७ चैत । पेरिस आक्रमणका संदिग्ध व्यक्तिहरूको खोजीका क्रममा शुक्रबार बेल्जियमको ब्रसेल्समा प्रहरी घेराबाट भाग्न सफल भएको भनिएको एक व्यक्तिको खोजीलाई ब्रसेल्स र पेरिसको प्रहरी तीव्रता दिएको छ । आरोपीको खोजीका क्रममा शुक्रबार सलाह अब्देसलामलाई पक्राउ गर्न सफल भए पनि उनीसँग रहेका अर्का एक व्यक्ति भने भागेका थिए ।

प्रहरीले खुट्टामा गोली हानी अब्देसलामलाई पक्राउ गरेको थियो भने अर्का संदिग्ध व्यक्ति भने भागेका थिए । भागेका व्यक्तिको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन । अब्देसलामलाई प्रहरीले नियन्त्रणमा लिई ब्रसेल्सकै एक अस्पतालमा उपचारको लागि भर्ना गरेका थिए । ती दुबै व्यक्ति पेरिस हमलाका योजनकार मध्येका हुन् । उनीहरूलाई प्रहरीले पेरिस आक्रमणको लगत्तैदेखि नै खोजी गरिरेहेको थियो ।

गतवर्षको नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा भएको हमलाका १ जना आरोपी एवं मुख्य योजनाकार अब्देसलाम बेल्जियममा पक्राउ परेका हुन् । सन् २०१५ को नोभेम्बर १३ मा भएको विनाशकारी पेरिस आक्रमणमा १ सय ३० को ज्यान गएको थियो ।

कन्सर्ट (सांगीतिक कार्यक्रम), क्याफे र रंगशालामा गरिएको आक्रमणको मुख्य योजनाकारका रूपमा आरोपित सलाह बेल्जियममा रहेको बताउँदै विगत लामो समयदेखि खोजी भइरहेको थियो । सलाह अब्देसलामलाई बेल्जियममा शुक्रबार पक्राउ गरिएका हो । उनी उक्त आक्रमणका १ जना मुख्य योजनाकार रहेका जनाइएको छ ।

उनलाई युरोपभरि नै एक सर्वाधिक खोजीको सूचीमा राखिएको थियो । उनलाई पक्राउका लागि युरोपेली देशहरूले नै निकै ठूलो पहलकदमी गरेका बताइएको थियो । शुक्रबार राती प्रहरीले उनलाई विशेष कारबाही सुरुगरी पक्राउ गरेको बताइएको छ । ब्रसेल्सको उक्त क्षेत्रमा प्रहरीले शनिबारसम्म पनि कारबाही जारी राखेको बताएको छ ।

गत नोभेम्बरमा भएको पेरिस हमलाका संलग्नमध्ये कतिपयलाई प्रहरीले पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । त्यस समयमा उनी पनि ब्रसेल्समा भाडामा बस्ने गरेको खुलेको थियो । त्यस क्रममा उनको औँठा छाप लिएको र सो छापमा मिल्न आएकोले उनको बारेमा विशेष खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको थियो । गएको मंगलबारदेखि ब्रसेल्सको फेडरल प्रहरीले ब्रसेल्सको बजार क्षेत्रमा नै निकै आक्रामकरूपमा खोजी अभियान सुरु गरेको थियो । त्यस क्रममा अर्का १ जना आरोपी शुक्रबार भाग्न सफल भएको पनि सो प्रहरीले जनाएको थियो ।

फ्रान्समा भएको सो आतंककारी हमलामा संलग्न भएका व्यक्तिको खोजीका क्रममा यसअघि पनि प्रहरीले ब्रसेल्समा कयौँ पटकसम्म कारबाही गरेको थियो । सो कारबाहीका क्रममा उक्त हमलामा संलग्न भएका १ जनालाई प्रहरीले यसअघि पनि ब्रसेल्समा नै पक्राउ गरेको थियो । ब्रसेल्समा उक्त आक्रमणको योजना बनाइएको खुलेको प्रहरीले जनाएको थियो ।

प्रतिक्रिया