एलिसाले चुमिन् ‘सिटिभी मोबाइल मिस राई २०१६’को ताज

miss-Rai-6 copyकाठमाडौं, ५ चैत । खोटाङकी किराती चेली एलिसा राईले ‘सिटिभी मोबाइल मिस राई २०१६’ को ताज पहिरिएकी छन् । किरात राई मौलिक सांस्कृतिक कला केन्द्रद्वारा आयोजित प्रतियोगिता राष्ट्रिय नाचघर जमलमा ४ चैतमा सम्पन्न भएको थियो । कडा प्रतिस्पर्धामा उत्रिएकी उनले १३ जना प्रतिस्पर्धीलाई उछिन्दै ताज पहिरिएकी हुन् ।

अन्तिम प्रतिस्पर्धामा प्रमुख निर्णायक रहेका सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक तथा गीतकार कवि तथा लेखक भूपाल राईको अन्य सुन्दरी प्रतियोगितमाभन्दा मिस राई कुन अर्थमा फरक र महत्वपूर्ण रहेको छ भन्ने प्रश्नको जावाफ दिँदै एलिसा राईले ताज चुमेकी थिइन् ।

सिटिभी मोबाइल मिस २०१६ को ताजसँगै उनले मूख्य प्रायोजक सिसिटिभी मोबाइलको तर्फबाट आइफो सिक्स मोवाइलसमेत जितेकी छन् । यसका साथै प्रतियोगितामा सीता राईले फस्ट रनरअप, निश्मा राई सेकन्ड रनरअप र कविता राई थर्ड रनरअपको उपाधि चुम्न सफल भएका छन् भने सिर्जना राइले टप फाइभसम्मको यात्रा तय गरेकी थिइन् ।

यसैगरी प्रतियोगीमध्ये सरिता चाम्लिङले मिस बेस्ट ड्रेस, अम्बिका वाम्बुले राईले मिस पपलुराटी, मीरा दुमि राई मिस बेस्ट हेयर, रोजिना राई मिस फोटो जेनिक तथा मनिला राईलाई मिस बेस्ट स्माइलको उपाधि प्रदान गरिएको छ । यस्तै कविता राईलाई मिस कल्चर, निशा राईलाई मिस लिडरसिप, सन्ध्या राई मिस फ्रेन्डसिफ, निरुता राई मिस पङ्च्युवालिटी, सीता राई मिस ट्यालेन्ट, सिर्जना राई मिस भिबोर, एलिसा राई, मिस डिस्पिलिन, सन्तोषी राई मिस वाक र निश्मा राईले मिस पर्सनालिटीको उपाधि हात पारेका छन् ।

miss-Rai-4 copyप्रतियोगिता सूचना, सञ्चार तथा प्रविधिमन्त्री शेरधन राईको प्रमुख आतिथ्य तथा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको विशेष आतिथ्यमा भएको थियो । कार्यक्रमको निर्णायक प्राज्ञ तथा वरिष्ठ संगीतकार शान्तिराम राई, किरात राई यायोक्खा काठमाडौं जिल्ला अध्यक्ष दीलिप राई, कामनपा–१० का प्रशासकीय अधिकृत सरिता राई, सिटिभी मोबाइलका प्रवन्धक अलाइभ ग्लाइडर, मेरिडियन हेल्थ पोलिक्लिनिक सञ्चालक तथा यायोक्खा केन्द्रीय सदस्य देवान राई र मोडल निरञ्जन थापा रहेका थिए । कार्यक्रमको सम्पूर्ण कोरियोग्राफी किरात विन्द्रको रहेको थियो कार्यक्रम सञ्चालन वरिष्ठ सञ्चारकर्मी तथा निर्मातानिर्देशक दिनेश डिसीले गरेका थिए ।

कार्यक्रममा गायिका शिला राई, सुनिता राई तथा गायक विक्रम राईले सांगीतिक प्रस्तुति दिएका थिए भने वन्दना कला केन्द्र, आर एन्ड आर इन्टरटेन्टमेन्ट नृत्य तथा माइकल स्टेप अफ आटर््स एकेडमीका माइकल चन्दको कोरियोग्राफी रहेको रोबर्टिक नृत्य प्रस्तुत भएको थियो । कार्यक्रम किरात राई मौलिक कला केन्द्रका अध्यक्ष अर्पण राईको संयोजकत्वमा भएको थियो ।

प्रतिक्रिया