मोडलिङमा उदाउँदै ‘अस्मिता’

काठमाडौं, २ चैत । नेपाली म्युजिक भिडियोमा अभिनय मोडलिङको क्षेत्रमा उदाउँदो कलाकारको रूपमा अस्मिता राईको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । बाल्यकालदेखि गीत संगीत भनेपछि मरिमेटेर लाग्ने उनै अस्मिताको डेब्यू म्युजिक भिडियो भर्खरै बजारमा आएको हो ।

पूर्वको पहाडी जिल्ला खोटाङको माक्पा–६ मा जन्मेकी उनी कलिलै उमेरदेखि नै नाच्न रहर लाग्ने बताउँछिन् । बाल्यकालबाटै कला क्षेत्रमा लाग्छु भनेर गाउँमा हुने सांस्कृतिक कार्यक्रमहरूमा नाच्ने गरेकी उनले गाउँमै देखाइने नाटकहरूमा समेत अभिनय गर्दै आएकी बताउँछिन् । आफ्नो गाउँमा रहेको जनसांस्कृतिक परिवारमार्फत् दसैँ तिहारको अवसरमा प्रस्तुत हुने नाटकहरूमा अभिनय गर्ने तथा नाच्ने गरेकी उनले एसएलसी उत्तिर्ण गरेपछि अध्ययनको काठमाडौं छिरेपछि नृत्यको औपचारिक कक्षा भने लिएकी हुन् ।

अध्ययनसँगै नृत्य सिक्नुका साथ उनले केही छोटा चलचित्र (सर्टमुभी)हरूमा समेत अभिनय गरिसकेकी छन् । उनले भर्खरै मात्र गायिका उर्मिला खालिङको ‘मायालुलाई मनैमा’ बोलको गीतमा मोडलिङ गरेकी छन् । उक्त म्युजिक भिडियोमा पहिलोपटक डेब्यू मोडल अस्मिताले सुरज भट्टसँग अभिनय गरेकी हुन् । महेश खड्काको शब्द तथा संगीतमा रहेको उक्त गीतको भिडियो निर्देशन दिवाज राई किरातीले गरेका छन् ।

प्रतिक्रिया