गौतम र सरा प्रथम

काठमाडौं, २९ फागुन । सिद्धार्थ वनस्थलीका गौतम श्रेष्ठ र विजेश्वरी ज्ञान मन्दिरकी सरु खवास आठौँ राष्ट्रपति रनिङ सिल्डअन्तर्गत काठमाडौ जिल्ला छनोटको १ सय मिटर दौडमा प्रथम भएका छन् । गौतमले १ सय मिटरको दुरी १२ दशमलव ७ र छात्रातर्फ सरुले १४ दशमलव ६९ सेकेन्डमा पूरा गरे । छात्रतर्फ सिद्धार्थकै सुशान्त चौधरी र लेबोरेटरीका अनन्त अधिकारी क्रमशः दोस्रो र तेस्रो भए । छात्रातर्फ कन्या मन्दिरकी रुपा अधिकारी दोस्रो र बुढानीलकण्ठकी मनिषा न्यौपाने  तेस्रो भइन् ।

२ सय मि. छात्रतर्फ सिद्धार्थका गौतम श्रेष्ठले २४ दशमलव ७२ सेका साथ प्रथम, रिपुमर्दनीका युक्तकुमार श्रेष्ठ दोस्रो र बुढानीलकण्ठका बिकी चौधरी तेस्रो भए । छात्रातर्फ विजेश्वरीकी मेलिना श्रेष्ठ ३१ दशमलव १४ से. का साथ प्रथम र सरिता इटनी दोस्रो तथा कन्या मन्दिरकी रुपा अधिकारी तेस्रो भए ।

३ सय मिटरमा छात्रतर्फ एपिएफका अमितकुमार यादव पहिलो र आश्वासन मित्र दोस्रो तथा बुढानीलकण्ठका दीक्षान्त श्रेष्ठ तेस्रो भए । छात्रातर्फ सीतापाइला उमाविकी डुमी बुढामगर पहिलो, विजेश्वरीकी सुजाता दलामी दोस्रो र एपिएफकी सिल्भिया बोगटी  तेस्रो भइन् ।

काठमाडांै जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको ४ सय मिटर दौडमा बुढानीलकण्ठकी मनिषा न्यौपाने १ मिनट १३ दशमलव ०८ सेकेन्डका साथ प्रथम भइन् । छात्रतर्फ एपिएफका उज्जल खरेल ५९ दशमलव ७३ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्न सफल भए । सो स्पर्धामा छात्रातर्फ विजेश्वरीका रोशनी श्रेष्ठ र सरिता इटनी तथा छात्रतर्फ रिपुमर्दनीका युक्त श्रेष्ठ र बुढानीलकण्ठका आदर्श खड्काले रजत र कांस्य पाए ।

८ सय मिटरको छात्रमा एपिएफका उज्जल खरेल २ मि. १८ दशमलव ६४ से. र छात्रामा विजेश्वरीकी सुनिता श्रेष्ठ २ मि. ४१ दशमलव ५१ से. का साथ प्रथम भए । यस्तै सटपुटमा छात्रतर्फ ब्राइट होराइजनका पासाङ शेर्पाले १२ दशमलव ४५ र छात्रातर्फ दाबा डोल्मा योन्जनले ८ दशमलव ८८ मिटर टाढा फाक्दै स्वर्ण प्राप्त गरे । सो स्पर्धामा रिपुमर्दनीका आशिष थिङ र गान्धीका शम्भु फुटाल छात्रतर्फ र छात्रातर्फ बुढानीलकण्ठका प्रशन्ना राई र प्यारामाउन्टकी सृष्टी खड्गी दोस्रो र तेस्रो भए । ट्रिपल जम्पमा छात्रतर्फ रिपुमर्दनीका अजय गुरुङ १२ दशमलव ३४ र छात्रातर्फ विजेश्वरीकी सरिता इटनीले ८ दशमलव ८३ मिटर हाम फाल्दै स्वर्ण प्राप्त गरे ।

ज्याभलिन थ्रोमा गान्धी स्कुलका शम्भु फुयाल र विजेश्वरीकी सरिता थापा प्रथम भए । उनीहरूले क्रमशः ३६ दशमलव ३३ र २२ दशमलव ९६ मिटर फाल्दै स्वर्ण प्राप्त गरेका थिए । ४ गुणा १ सय मिटर रिले दौडमा छात्रतर्फ सिद्धार्थ वनस्थलीले ३ मिनट ५५ दशमलव ८५ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा बुढानीलकण्ठ दोस्रो र रिपुमर्दनीले तेस्रो स्थानमा चित्त बुझायो । यस स्पर्धाको छात्रातर्फ विजेश्वरीले ४ मि. ४९ दशमलव ६० सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण प्राप्त ग¥यो । बुढानीलकण्ठ दोस्रो र कन्यामन्दिरले तेस्रो स्थान कब्जा ग¥यो ।

प्रतिक्रिया