चीनको जनसंख्या बढ्दो

population-china copyबेइजिङ । चीनको जनसंख्या आगामी ५ वर्षभित्र अर्थात् सन् २०२० को अन्त्यसम्ममा १ अर्ब ४२ करोड पुग्ने अनुमान गरिएको छ । चिनियाँ अधिकारीहरूले शनिबार सार्वजनिक गरेको तथ्यांकमा चीनको जनसंख्या आगामी सन् २०२० को अन्त्यसम्ममा १ अर्ब ४२ करोड पुग्ने देखिएको हो । शनिबार चिनियाँ अधिकारीहरूले विकासका लागि अन्य कार्यक्रमहरूका साथै आगामी ५ वर्षका लागि चीनको जनसंख्या वृद्धिको पनि आँकलन गरेका थिए ।

उक्त ५ वर्षे योजनामा गरिएको अनुमानअनुसार आगामी ५ वार्षमा यहाँको जनसंख्या कम्तीमा पनि साढे ४ करोड थपिनेछ । सोही आधारमा आगामी ५ वर्षमा चीनको जनसंख्या त्यतिधेरै पुग्ने बताइएको हो । चीन हाल पनि विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको देश हो । सन् २०१५ को अन्त्यसम्ममा चीनको जनसंख्या करिब १ अर्ब ३८ करोड रहेको बताइएको थियो । चीनको केन्द्रीय तथ्यांक विभागले सन् २०१५ को अन्त्यसम्मको भनी शनिबार सार्वजनिक गरेको जनसंख्या प्रतिवेदनमा सो संख्या देखाइएको छ ।
यस

प्रतिवेदनमा नै चीन सरकारले आगामी दिनमा जनसंख्या नियन्त्रणको नीति अख्तियार गर्ने जनाइएको छ । सरकारले आधारभूत सेवाका रूपमा यो नीति पनि अख्तियार गर्ने भएको हो । चीन सरकारले सन् २०१६ को सुरुआतदेखि नै चीनमा २ सन्तान नीतिलाई अनुमति दिएको थियो । यसअघि सन् १९७० को दशकदेखि चीन सरकारले त्यहाँ १ सन्तान मात्र जन्माउन पाउने अधिकार चिनियाँ नागरिकलाई दिएको थियो ।

चीन सरकारले यसअघि अपनाएको १ सन्तान नीतिका कारण पनि चीनमा लैंगिक असमानताको अवस्था देखिएको थियो । २ मात्र सन्तान जन्माउने अनुमति पाउँदा कतिपय चिनियाँ नागरिकले छोराको मात्र चाहना राख्ने कारणले गर्दा यस्तो अवस्था देखिएको जनसंयाविद्हरूले जनाएका थिए । हाल विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशका नागरिकमा लैंगिक औसतमा पनि त्यस्तै अवस्था देखिएकोले यसको व्यवस्थापनका लागि पनि चीन सरकारले नीति अख्तियार गर्ने जनाइएको छ । प्रजनन एवं मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा पनि सुधार गरिने तथा यसका अतिरिक्त जनसंख्याको व्यवस्थापनका नीतिहरूमा पनि संशोधन गरिने जानकारी दिइएको छ । चीनमा परिवार नियोजन र जन्मदर दर्ताजस्ता कार्यक्रमहरूमा परिवर्तन एवं सुधार गरिने शनिबार प्रस्तुत गरिएको जनसंख्यासम्बन्धी प्रतिवेदनमा जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया