एनसेल सीममार्फत ठगी गर्ने तीनजना पक्राउ

DSC06348पाँचथर, १९ फागुन । जिल्ला प्रहरीकार्यालय पाँचथरले एनसेल सिम प्रयोग गरी ठगी गर्ने थप तीनजनालाई पक्राउ गरेको छ । प्रहरीकार्यालयमा आएको उजूरीका आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

सर्वसाधारण नागरिकलाई ठगी गर्नेले ‘तपाईको मोवाइल नम्बरमा पुरस्कार परेको छ, उक्त पुरस्कार पाउनका लागि तपाईले नेपाल सरकारलाई कर तिर्नुपर्छ र सो करवापतको रकम आइएमीमार्फत् पठाउनुहोस्’ भनी म्यासेज पठाएका थिए ।

ठगी गर्नेलाई जिल्लाप्रहरी कार्यालय पाँचथरले खोज तलास गर्ने क्रममा जिल्ला प्रहरीकार्यालय बारा र पर्सासँगको समन्वयमा १७ फागुनमा वीरगञ्ज उपमहानगरपालिका वडा नं १९ बस पार्कबाट पक्राउ गरी पाँचथर ल्याइएको हो ।

पक्राउ पर्नेहरुमा भारत बेतिया जिल्ला जोकेटिया बस्ने बर्ष २२ को बली उल्ला, बारा जिल्ला बारा लिपनिमाल १ बस्ने २४ बर्षीय जाकीर हुसेन र जिल्लाबाराकै बरियापुर १ बस्ने २४ बर्षीय महताफ आलम रहेका छन् ।

निजहरुको साथबाट नगद रु ५० हजार, मोवाइल तीन थान, तथा नेपाली सिमकार्ड बराममद भएको प्रहरीले जनाएको छ । ठगीका आरोपीलाई अनुसन्धानपछि ठगी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी कृष्णप्रसाद कोईरालाले बुधबार पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए ।

यसअघि पनी दुईजनालाई एनसेलमार्फत् ठगी गर्नेलाई कार्वाही गरिको छ । अपराध अनुसन्धानमा सक्रिय लागेका ठगी गर्ने धमाधम पक्राउ परेका कारण मोवाइलबाट ठगी गर्ने घटेको डिएसपी कोइरालाले बताए ।

उजुरी दिनेको नाम खुलाउन नहुने भन्दै कोइरालाले ठगीबाट १४ जना पीडित रहेको बताए । कोइरालाले मुख्य ठगीका नाइके भारतमा भएकाले खोजिकार्य जारीरहेको बताएका छन् ।

प्रतिक्रिया