पासाङको ‘अल्लारे जोवनले गाल पा¥यो’

pasang copyकाठमाडौं, १८ फागुन । चर्चित ‘सेलो’ बिटका लोकगायक पासाङ लोप्चनले आफ्नो पुरानो गीतको म्युजिक भिडियो बजारमा ल्याउने तयारी गरेका छन् । ‘अल्लारे जोवनले गाल पा¥यो’ बोलको गीतको म्युजिक भिडियोको प्रोमो सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले यस्तो जानकारी दिएका छन् ।

रसुवा जिल्लाबाट सेलो गीत गाउँदै ह्युला भाषाको गीतसमेत गाएका लोकगायक पासाङको यो गीतको म्युजिक भिडियोमा पासाङ आपैmँले मोडलको भूमिका निर्वाह गरेका छन् । नायिकामा निरु खड्का रहेकी छन् ।

रुपेश उप्रतीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो गीतलाई तामाङ समुदाय तथा अन्यमासमेत अत्यधिक रुचाइएको थियो । उनको म्युजिक भिडियो छायांकन श्याम रायमाझीले गरेका छन् भने सम्पादनको जिम्मा माधव खरेलको रहेको छ ।

उक्त म्युजिक भिडियोको उत्पादन श्री सुर शृंगार फिल्मस्ले गरेको हो । पासाङले आफ्नो यो म्युजिक भिडियो पहिलो भए पनि लोकपारखी तथा विशेष सेलोबिटका आमदर्शक तथा श्रोतालाई भरपुर मनोरन्जन दिने किसिमको भएको बताएका छन् ।

उनले भने, ‘हाम्रो ठेट भाकालाई जस्ताको तस्तै उतार्ने कोसिस गरेको छु । एकपटक हेरेर प्रतिक्रिया पाउने आशामा रहेको छु ।’

प्रतिक्रिया