समृद्ध बनाउने अभियान सुरु : अध्यक्ष दाहाल

dahal copyकाठमाडौं, १८ फागुन । माझी राष्ट्रिय मोर्चाको कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आम नेपाली जनतालाई आर्थिकरूपमा सम्पन्न र समृद्ध बनाउने अभियान सुरु भएको बताएका छन् । मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा वर्ग धनी, अर्को वर्ग गरिब, एउटा जाति अधिकार सम्पन्न र अरू जाति अधिकारविहीन भएको व्यवस्थाको अन्त्य भएको बताएका थिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई समान अधिकार दिएको पनि बताएका छन् ।

नयाँ संविधानमा व्यवस्था भएका सबै विषय लागू हुन नसकेको भए पनि क्रमशः लागू गर्दै जानुपर्नेमा जोड दिँदै उनले आफ्नो अधिकार प्राप्तिका लागि गरिने संघर्ष जायज हुने र त्यसको नेतृत्वसमेत एमाओवादीले गरेको स्पष्ट पारे । अन्य जाति धर्म र वर्गका समुदायका पर्वलाई सूचीकृत गरिएको भए पनि माझी समुदायको ‘लदी पर्वलाई सूचीकृत गराउने पहल पुग्न नसकेको भन्दै आपूmले कोशिस गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष दाहालले उक्त प्रस्ताव सरकार र उच्चस्तरीय राजनीतिक समितिमा लैजाने बताएका छन् ।

कार्यक्रममा कृषि विकासमन्त्री हरिबोल गजुरेलले अल्पसंख्यक समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन सरकारले विशेष कार्यक्रम ल्याउने बताए । उनले अल्पसंख्यक समुदायको आर्थिक समृद्धिका लागि नीति, कार्यक्रम, योजनासहित अगाडि बढ्ने र त्यसका लागि सबैको सार्थक प्रयत्नको जरुरी रहेको स्पष्ट पारे ।

प्रतिक्रिया