पाँच फरार प्रतिवादीहरू पक्राउ

काभ्रे, १७ फागुन । जिल्ला अदालत काभ्रेपलाञ्चोकको विभिन्न मितिको फैसलाले कैद र जरिवाना तोकिएका फरार ५ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कैद जरीवाना बेरुजु भई हालसम्म फरार रहेकाहरूलाई प्रहरीले खोजतलासको क्रममा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीहरूलाई प्रहरीले फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेमा पेस गरेको छ । पक्राउ पर्नेहरूमा आगो लगाउने मुद्दाका नयाँगाउँ–६ बस्ने ४६ का रुद्रबहादुर बजगाइँ अदालती फैसलाले उनलाई कैद जरिवाना ३ बर्ष १० महिना २९ दिन कैद सुनाएको थियो । यस्तै बहुविवाह मुद्दा पनौती–१३ बस्ने २६ बर्षका सुमन लामालाई ११ महिना ८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । यस्तै ज्यान सम्बन्धी मुद्दामा पनौती–११ का वर्ष ५२ का शालिकराम केसीलाई अदालतले ५ महिना १४ दिन कैद सुनाएको थियो ।

यस्तै लागू औषध मुद्धामा बनेपा नपा–१० बस्ने ३४ वर्षका विश्वनाथ प्रधानलाई १ महिना कैद र २० हजार रुपैयाँ जरिवाना अदालतले सुनाएको थियो । यस्तै फरार रहँदै आएका उग्रतारा–१ घर भई हाल बनेपा–१० बस्ने जालसाँजी मुद्दाका अर्का ३७ वर्षका सन्तोष पोते श्रेष्ठलाई ०६१ मा जिल्ला अदालत काभ्रेले ८ हजार १ सय २५ रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रतिक्रिया