वल्र्ड टेबलटेनिस नेपाली टिम विजयी

काठमाडौं । वल्र्ड टेबलटेनिस टिम च्याम्पियनसिपमा नेपालले महिला टिमले विजयी सुरुआत गरेको छ । विश्व वरीयतामा ८६ स्थानमा रहेको नेपालले ५६ स्थानमा रहेको इस्टोनियाका खेलाडीलाई नविता श्रेष्ठले ३–१ र रविना महर्जनले ३–० पाखा लगाएको हो । अर्कोतर्फ नेपाल नम्बर दुईकी एलिना महर्जन भने पराजित भइन् ।

मलेसियाको क्वाललमपुरमा जारी खेलमा नेपाली टिमका लागि नबिता श्रेष्ठले दोहोरो सफलता हात पारिन् । उनले ऐरी ओवामेरीलाई ११–७, ८–११, ११–५ र ११–७ ले पराजित गरिन् । दोस्रो खेलमा क्याटलिन लाटलाई ९–११, ११–९, ९–११, ११–८ र १२–१० ले स्तब्ध बनाइन् । त्यस्तै रबिना महर्जनले वलेस्जा केटेस्कोलाई ११–७, ११–१ र १२–१० को सोझो सेटमा पराजित गरिन् । नेपालकी नम्बर २ खेलाडी ऐलिना महर्जन भने सघर्षपूर्ण खेलमा क्याटलिन लाटसँग ८–११, ५–११, ११–७, ११–७ र ६–११ ले पराजित भइन् । अस्ट्रेलियासँगको दोस्रो खेलमा भने नेपाली टिमले पराजय बेहोरेका थिए । (सौस)

प्रतिक्रिया