दोलखा, १६ फागुन । गाउँमा बाँदरले दुखः दिएपछि सुनखानी गाविसका महिला आन्दोलन गर्न सदरमुकाम चरिकोट आएका छन् । महिलाले आपूmले बगैँचामा लगाएको फलपूmलदेखि तरकारी र खेतको अन्नपात बाँदरले नष्ट पारेको बारेमा जानकारी दिई सदरमुकामका कार्यालयमा घेराउ गरेर यसको नियन्त्रणमा लागिदिन जिल्ला वन कार्यालय र जिल्ला प्रशाशन कार्यालय दोलखालाई दबाब दिएका हुन् । आफ्नो परिश्रम सबै बाँदरले खाइदिएपछि उनीहरूले आक्रोशित हुँदै बाँदर नियन्त्रणमा सहयोग गरिदन आग्रह गरेका छन् ।
सुनखानी गाविस–७ की तुलसा नेपाली भन्छन्, ‘बाँदरले हाम्रो सबै बालिनाली सत्यनाश पा¥यो, यसका लागि सरकारले हेरिदिनु प¥यो, विभिन्न मौसमअनुसार बाली लगाउँछौँ, तर बाँदरले खान दिँदैन, कसो गर्नु, सरकारलाई भन्नु सिवाय अरू सबै गरिसक्याँै बाँदर लखेट्ने अन्य उपाए नभएपछि यहाँ आएका हौँ ।’
जिल्ला वन कार्यालयका प्रमुख विष्णुप्रसाद भण्डारीले बाँदर नियन्त्रणका लागि वन कार्यालयले सक्ने खालको पहल गर्ने बताए । प्रमुख भण्डारी भन्छन्, ‘बाँदर मार्ने नियममा नै छैन ।’ करिब १ सय ५० महिला हुल बाँधेर चरिकोट आएका थिए । भूकम्पपछाडि घर भत्किएर टहरामा बस्दै आएका स्थानीयवासी बाँदरले दःुख दिएपछि झनै चिन्तामा छन् ।
प्रतिक्रिया