दाजुको नाममा नागरिकता बनाउने पक्राउ

बनेपा । आफ्नो सहोदर दाजुको नाममा झुठा विवरण दिएर नेपाली नागरिकता लिएको अभियोगमा काभ्रेपलाञ्चोकको भीमफोरी गाविसका झलकबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई नागरिकता सच्याउन जिल्ला प्रशासन कार्यालय धुलिखेल आएको बेला बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । आफ्नै दाइ समीर विश्वकर्माको नाम, जन्ममिति राखेर नागरिकता लिएको देखिन्छ उनले भने । उनी मलेसिया गएर आएका हुन् । उमेर नपुगेका कारण त्यस्तो नागरिकता बनाएको हुनसक्छ प्रहरीले आशंका व्यक्त गरेको छ ।

०५१ सालमा जन्मेको जन्मदर्ता भएको झलकबहादुरले आफ्नो दाजुको ०४७ सालको जन्ममितिमा नागरिकता लिएको प्रनाउ केसीले बताए । उनलाई नागरिकता ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया