‘भाग् सानी भाग्को’ प्रमोसनमा केकी

keki-adhikari-onlinekhabar copyकाठमाडौं, १५ फागुन । चलचित्र ‘भाग् सानी भाग्’का नायिका केकी अधिकारी अहिले चलचित्रको प्रमोस्नमा व्यस्त रहेकी छन् । चलचित्रको प्रमोसनका केकीले पछिल्लो केही दिन यता नेपाली फिल्ममा खाँट्टी दर्शकसँग साक्षात्कार गर्न पाएकोमा खुसी रहेको बताएकी छन् ।

चलचित्र ‘भाग् सानी भाग्’ को प्रमोसनका लागि मोफसल पुगेकी केकीले धेरै दर्शकसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएकी हुन् । ‘यसरी मोफसलका दर्शकसँग सिनेमाकै विषयमा संवाद गर्दा निकै रमाइलो हुँदो रहेछ ।’ उनले भनिन् । पोखरा, बुटवल, हेटौँडा र नारायणघाटका दर्शकसँग उनले फिल्मका विषयमा खुलेर कुरा गरिन् भने दर्शकले पनि खुलेरै प्रश्न गरे ।

हरेक ठाउँको कार्यक्रममा बेहुलीभैmँ साडीमा प्रस्तुत भएकी थिइन् उनी । उनको गेटअप देखेर पनि हुनसक्छ उनका फ्यानले उनलाई केही निजी जीवनका प्रश्न पनि गरे । ‘तपाईं भागेरै बिहे गर्नुहुन्छ हो ?’ यस्ता अनपेक्षित प्रश्नको पनि सामना गर्नुपरेको केकीले सुनाइन् । नेपाली फिल्म उद्योग, सिनेमाको गुणस्तर र उनको अभिनयका विषयमा उनले जताजतै प्रश्न भोगिन् नै, तपाईंले भागी विवाह गर्ने कि मागी विवाह भनेर समेत फ्यानले प्रश्नको वर्षा गरेको केकी बताउँछिन् । उनले आफ्नो निजी जीवनसँग जोडिएका धेरै प्रश्नको शान्तपूर्वक र संयमपूर्वक जवाफ दिइन् ।

धेरैको चासो फिल्मसँग सम्बन्धित थियो, फिल्ममा तपाईंको रोल कस्तो छ, कोसँग प्रेम हुन्छ ? जस्ता प्रश्न धेरै दर्शकले सोधे । उनले जवाफमा भनिन् ‘५ गते हलमा आउनुस् सबै प्रश्नको जवाफ पाउनुहुन्छ ।’ आपूmले भेटेका दर्शकहरू नेपाली फिल्मको सम्पत्ति भएको अनुभव गरिन् उनले । उनी भन्दै थिइन् ‘हामीलाई कलाकार बनाउने उहाँहरू नै हो । त्यसकारण पनि उहाँहरूसँग भेटन पाएकोमा खुसी छु ।’

कतिपय दर्शकहरूले फिल्मको नाम त हिन्दीको जस्तो भयो भनेर प्रतिक्रियासमेत दिएको उनले बताएकी छन् । केही यस्ता दर्शक पनि भेटिन् । जसले उनका ‘आइएम सरी’ ‘बितेका पल’लगायत सबै फिल्म हेरेका रहेछन् । अहिलेसम्मको कार्यक्रमबाट राम्रो रेस्पोन्स पाएकी केकी आगामी दिनमा पूर्वमा समेत यस्तै किसिमको कार्यक्रम लिएर जाने सोच रहेको बताउँछिन् ।

प्रतिक्रिया