फिदिम नगरपालिकामा सरसफाइ सप्ताह सुरु

panchthar copyपाँचथर, १५ फागुन । पाँचथर जिल्लाको फिदिम नगरपालिकाले शनिबारदेखि सरसफाइ सप्ताह सुरु गरेको छ । फिदिम बजारका महत्वपूर्ण बजारका ठाउँमा सरसफाइ गर्दै लगिने नगरपालिकाका अधिकृत काजिमान राईले बताए । सप्ताह अभियानमा सहभागीहरू मध्ये कार्यालयका प्रमुखहरूले संयुक्तरूपमा उद्घाटन गरिएको थियो ।

5_tharनगरपालिकाको सहयोग र जनपथ प्रहरी पाँचथरको सहकार्यमा सरसफाई गरिएको प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए । नगरपालिका घोषणा नभएको अवस्थामा स्थानीय नागरिक, संघसस्थाहरूले सरसफाइ अभियान गरिँदै आएको थियो ।
बजारबासीहरूले कुनै दिवसको अवसरमा सरसफाई अभियान चलाउँदै आएका थिए । सुन्दर सहरको अवधारणालाई साकार बनाउन अभियानकर्ताको रूपमा तत्कालीन प्रजिअ प्रदीपराज कणेलले सुरुआत गरेका थिए । हाल पनि सरसफाई अभियानमा कमी आउन नदिन नगरपालिका स्थापना भएपछि फोहोर व्यस्थापनदेखि सरसफाइ अभियानमा लागेको बजारबासीले महसुस गरेका छन् ।

5_thar2नगरपालिकाको सप्ताह सरसफाई अभियानमा विशेषतः प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे, स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला, सरकारी वकिल सुदीपकुमार दंगाल, प्रहरी प्रमुख, प्रहरी जवानहरूको सक्रियतामा अभियान सुरु गरिएको हो । प्रहरी प्रशासनले बजारमा कुचो, खरेटो, बेल्चा लिएर सरसफाईमा जाग्नुलाई नगर अधिकृत काजिमान राईले ‘नगरपालिकामा सरसफाइ बजेट नभएर प्रहरीसँग सहकार्यमा सप्ताह सरसफाइ अभियान सञ्चालन गरिएको’ बताएका छन् ।

5_thar3सरसफाई अभियानमा प्रहरी प्रशासन मात्रको उपस्थितिमा फिदिम बजारको सरगम होटलदेखि प्रहरी कार्यालय अगाडिसम्म नालिमा भएको फोहोरमैला उठाएका थिए । नगरपालिका अधिकृतले फिदिम बजारभित्रका ढलमा विक्षाएका खानेपानीका अव्यवस्थित नालाहरूमा अल्झिएको फोहोरहरू बेल्चाले नालीबाट उठाउन लागिपरेका थिए । स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला र प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बजारबासिका घरछेवैमा भएको पुराना बोहोरा बटुल्न तल्लिन रहेका थिए । बजार सुन्दर नगरी बनाउन प्रहरी, प्रशासन प्रमूख स्वतःस्फुर्त रूपमा लागेको स्थानीय एक व्यापारीले बताएका छन् ।
संयुक्त रूपमा सरसफाई अभियानमा स्थानीय नागरिकहरूको उपस्थिति देखिएन । सरसफाई अभियान प्रत्येक शनिबार बिहान ७ देखि ९ बजेसम्म अभियान सञ्चालन गरिने नगरपलिकाले जनाएको छ ।

प्रतिक्रिया