काभ्रेमा पनि मानववादी आन्दोलनको सुरुआत

मानववादी आन्दोलन नेपालले एसिएन डेभलपमेन्ट मिटको आयोजना गर्दै ‘टु ह्युमनाइज द एसिया १०१६’ काभ्रेको पनौतीमा आयोजना गर्ने भएको छ ।

सन् १९६१ मा अर्जेन्र्टिनाको सेलो नामक मानववादी दार्शनिकको सक्रियताका स्थापना भएको विश्वव्यापी कार्यक्रम नेपालमा पनि २००६ मा भित्रिएको थियो ।

२१ देखि २३ फागुनसम्म १ सय ३५ देशका मानववादीहरूको उपस्थिति काभ्रेमा रहने बताइएको छ । व्यक्तिको व्यवहार र चरित्रमा सुधार र व्यक्ति स्वयंको आचरणमा सुधार गर्ने र मानववादी आन्दोलनमा सघाउ पु¥याउने मुख्य उद्देश्य रहेको बताउँदै एक पत्रकार सम्मेलनमा सुरेश सैँजुले नेपालको पनि ७ ठाँउमा स्वअध्ययन कक्षा भइरहेको बताएका छन् ।

उनले काभ्रेमा पनि यो अभियानले मानववादी आन्दोलन के हो भन्ने विषयमा पूर्णता र स्पष्ट थाहा पाउन सहयोग पुग्ने बताएका छन् ।

कुनै जात र पार्टीको सिद्धान्तसँग मेल नखाने सामाजिक संस्थाको रूपमा कार्यगर्ने र पूर्ण स्वतन्त्रताको प्रत्याभूतिमा कसैले पनि प्रभावित गर्न नसक्ने भएकोले यो आन्दोलनले नेपालमा हुँदै आएको सामाजिक विकृति विसंगतिविरुद्ध व्यक्ति खुलेर लाग्ने र व्यवहारमा देखाउने क्रियाकलाप नै आन्दोलन भएको बताएका छन् ।

त्यस्तै काभ्रेका सञ्चार संयोजकसमेत रहेका रघु कपालीले आगामी दिनमा काभ्रेलीहरूले यस्तो सामाजिक अभियानलाई व्यक्तिहरूको साथ समर्थन रहने विश्वास रहेको र हरेक क्षेत्रका व्यक्तिहरूले यो अभियानमा सहभागिता जनाउन सक्ने बताएका छन् । नेपालमा ७ वटा सिद्धान्तमा आधारित रहेर मानववादी आन्दोलन हुँदै आएको छ ।

व्यक्तिको चरित्र र सामाजिक असरसँग प्रत्यक्ष संलग्न रहने हुनाले यस्तो आन्दोलनलाई हरेक नागरिकले बुभ्mनुपर्ने उनको जिकिर थियो । आगामी ३ दिनसम्म चल्ने कार्यक्रममा विभिन्न देशका मानववादी आन्दोलनमा सक्रिय हुनेहरूको उपस्थिति हुने बताइएको
छ । (सौस)

प्रतिक्रिया