दुई दशक स्टारकै रूपमा

anchor1 copyकाठमाडौं, १३ फागुन । नेपाली खेलकुदमा कम चर्चा भए पनि सक्रिय खेल मध्यको एक खेलको रूपमा सफ्टटेनिस रहेको छ । यसै खेलमा केही यस्ता नामहरू छन्, जो लामो समयसम्मम च्याम्पियनको रूपमा रहेका छन् । आफ्नो प्रभाव जमाएका छन् । तर, चर्चाभन्दा बाहिर कमै रहेका छन् । यसे मध्यको एक व्यक्तित्वको रूपमा रहेकी छिन्, निरु कायस्थ ।

वर्षले ३७औँ वसन्तमा प्रवेश गरिसकेकी यी सफ्ट टेनिस स्टार लगातार दुईदशकभन्दा बढी समयदेखि यो खेलमा सक्रिय छिन् । तथापि, यिनको अन्तर्राष्ट्रिय सहभागिताको क्रम भने सन् १९९६ देखि सुरु भएको हो । बैंककमा भएको तेस्रो एसियाली सफ्ट टेनिस च्याम्पियनसीपमा सहभागी उनी त्यसको ३ वर्षपछि ताइवानमा भएको ११ विश्व सफ्ट टेनिस च्याम्पियनसिपमा पनि नेपालको प्रतिनिधित्व गर्न सफल भएकी थिइन् । सन् २००४ मा थाइल्यान्डमै एसियन च्याम्पियनसिपको पाँचौँ संस्करणमा फेरि एकपटक नेपालको प्रतिनिधित्व गर्न सफल उनी सन् २०११ मा दक्षिण कोरियामा भएको ११आँै दक्षिण एसियाली सफ्ट टेनिस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न सफल भइन् ।

नेपाली सफ्टटेनिसमा गरेको उत्कृष्ट प्रदर्शनको कारण उनको प्रभाव यत्तिकै सीमित रहेन । सन् २०१२ मा उनी फेरि एकपटक एसियाली च्याम्पियनसिपमा सहभागिताको अवसर पाइन् । सन् २०१३ मा भारतमा भएको इन्डो नेपाल सफ्टटेनिस च्याम्पियनसिपमा उनी सहभागी भइन् । सन् २०१४ मा इन्चोनमा भएको १४औँ एसियाली खेलकुदमा उनी नेपाली टोलीमा सहभागी थिइन् । उनको यो अन्तर्राष्ट्रिय सहभागिताको शृंखला अझ अर्को १ वर्ष कायम रह्यो । सन् २०१५ मै दिल्लीमा भएको १५औँ विश्व सफ्टटेनिस च्याम्पियनसिपमा पनि उनी सहभागी थिइन् ।

उनको यत्तिधेरै अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागिताका लागि सामो दुःख र संघर्षको कथा छ । उनलाई अन्य दुःख त थिएन । तर, लगातार दुईवर्ष खेलमा केन्द्रित रहनु सबैभन्दा महत्वपूर्ण पक्ष रह्यो । सन् २०९३ मा काठमाडौंमा भएको सफ्टटेनिस प्रशिक्षणको दौरान भएको प्रतियोगितामा उनी उपविजयी भएकी थिइन् । त्यसैवर्ष पोखरामा भएको राष्ट्रिय सफ्टटेनिसमा तेस्रो हुनुका साथै उत्कृष्ट खेलाडी भएपछि नेपालमा उनको चर्चा अझ चुलिएको थियो । सन् १९९५ मै काठमाडौंमा भएको दोस्रो राष्ट्रिय सफ्टटेनिस च्याम्पियनसिपमा पनि उनी महिला युगलमा दोस्रो स्थान पाउन सफल भइन् । सन् १९९६ मा भएको सफ्टटेनिस च्याम्पियनसिपमा पनि यसै सफलता दोह¥याएकी उनले आफ्नो खेल जीवनमा फेरि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सन् १९९९ मै काठमाडौंमा भएको प्रशिक्षणमा सहभागी भएपछि उनमा अन्तर्राष्ट्रिय सहभागिताका लागि थप आत्मविश्वास पलाएको थियो ।

सफ्टटेनिसमा उनको भूमिका विविध रह्यो । यसै क्रममा सन् २००० मा भएको तेस्रो बर्थ डे कप सफ्ट टेनिस प्रतियोगितामा उनी रेफ्रीको भूमिकामा रहेकी थिइन् । सन् २००८ मा काठमाडांैमा पाँचौँ राष्ट्रिय खेलकुदको दौरान भएको सफ्ट टेनिस च्याम्पियनसिपमा उनी महिला एकल र मिस्रित युगलमा दोस्रो तथा महिला युगलमा पहिलो भएकी थिइन् । खेलाडी र रेफ्रीमा भएको सफलतापछि उनको आकर्षण प्रशिक्षकको रूपमा पनि रहन पुग्यो । सन् २०१० मा उनले सहायक प्रशिक्षकका लागि कोर्ष पूरा गरिन् ।

सन् २०११ मा भने उनले खेलाडीको रूपमा नयाँ उपलब्धि प्राप्त गरेकी थिइन् । त्यो वर्ष उनी राष्ट्रिय च्याम्पियनसिपमा महिला एकलमा पनि पहिलो स्थान हात पार्न सफल भइन् । अन्तर्राष्ट्रिय स्तरमै परिचित काल्मारी अदाचीबाट उनी प्रशिक्षक कोर्ष पूरा गर्न पाएपछि झनै यस खेलको चौतर्फी विकासमा उत्साहित भएकी थिइन् ।

४ वर्षअघि धनगढीमा भएको छैटौँ राष्ट्रिय खेलकुदमा भने निरु झनै सफल भइन् । त्यस प्रतियोगितामा उनी एकल, महिला युगल र मिश्रित युगलमा नै स्वर्ण पदक हात पार्न सफल भइन् । सन् २०१३ मा काठमाडौंमा भएको सातौँ राष्ट्रिय च्याम्पियनसिपमा भने उनको प्रभाव अलिकति कम रह्यो । त्यस प्रतियोगितामा उनले महिला युगलमा स्वर्ण, एकलमा रजत तथा मिश्रित युगलमा कांस्य पदक पाइन् ।

उनको यो सफलताको शृंखला सन् २०१४ मा पनि कायम रह्यो । सन् २०१४ मा उनले पोखरामा भएको एनएसटिए सफ्टटेनिस च्याम्पियनसिपमा महिला एकल र महिला युगलमा पहिलो स्थान हात पारिन् । त्यसैवर्ष भएको लुम्बिनी सातौँ राष्ट्रिय सफ्टटेनिस च्याम्पियनसीपमा महिला एकल, महिला युगल र मिश्रित युगल तीनै स्पर्धामा उपाधि जितिन् । सन् २०१५ मा विश्व च्याम्पियनसिपमा पनि उनी नेपालमा पहिलो हँुदै छनोट भएकी हुन् । यी यावत सफलताका बाबजुद यिनको आगामी दिनको लक्ष्य सफ्टटेनिसमै जोडिएको छ । यी गृहणी महिलाका लागि घर परिवार व्यवस्थापन गर्दै खेलमा पनि अब्बल रहुन पक्कै चानचुने होइन ।

प्रतिक्रिया