फैसला भए पनि न्याय नपाएको गुनासो

Pachthar copyपाँचथर, १३ फागुन । जिल्ला प्रहरी कार्यालय पाँचथरले विभिन्न मुद्दाका पीडितहरूले मुद्दा फैसला भए पनी न्याय नपाएको भन्दै प्रहरीसमक्ष गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा बुधबार मुद्दाका पीडितबीच पीडित मैत्री कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयमा जिल्लाका मुद्दाका ३० जना पीडितहरूले आआफना समस्याहरू राखेका थिए ।

प्रहरीले आयोजना गरेको पीडितबीचको अन्तत्र्रिmयामा मुद्दा फैसला भइसकेका पीडितहरूले मुद्दा फैसला हुँदा आफूलाई न्याय भएको महसुस नभएको बताएका थिए । सहभागीहरूले क्षतिपूर्तिलगायतका कुराहरू नपाएको मुद्दा फैसलाका कुराहरू आफूले जानकारी नपाएकोलगायत गुनासा व्यक्त गरेका थिए ।

घटनाका बारेमा अनुसन्धानको क्रममा हुने प्रक्रियाको बारेमा जानकारी दिनुका साथै अनुसन्धानको सिलसिलामा संलग्न हुने निकायको भूमिकाको बारेमा प्रहरिनायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले सुसूचित गराएका थिए । महिलाहरूले जबरजस्तीका घटनाका पीडिहरूले उचित न्याय नपाएको पटकपटक गुनासालाई डिएसपी कोइरालाले प्रमाणका आधारमा न्याय सम्पादन हुने जनाएका थिए ।

डिएसपी कोइरालाले प्रमुखरूपमा घटनाका प्रमाण भनेको डाक्टरको रिपोर्ट महत्वपूर्ण हुने दर्साएका थिए । प्रहरीले मिहिनरूपमा घटनाका प्रमाण जुटाएर पीडितपक्षमा मुद्दाको मिसिल अदालतमा पठाएको जनाएका थिए । पाँचथर जिल्लामा गाउँघरमा विभिन्न मुद्दा, विभिन्न घटना न्यूनीकरणका लागि जनचेतना दिन डिएसपी कृष्णप्रसाद कोइरालाले विद्यालयहरूमा अभियान सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया