नेपाल बारमा ४ जना भिड्दै

काठमाडौं, १२ फागुन । नेपाल बार एसोसिएसनको आगामी २० चैतमा हुने निर्वाचनमा अध्यक्षका लागि ४ जनाबीच भिडन्त हुने भएको छ । नयाँ पदाधिकारी चयनका लागि हुने निर्वाचनमा अधिवक्ता शेरबहादुर केसी, वियकान्त मैनाली, रामप्रसाद प्रजापति र मनोहर साहको भिडन्त हुने भएको हो ।

बार एसोसिएन निर्वाचन समितिले बुधबार प्रकाशन गरेको अन्तिम नामावलीमा अध्यक्षका लागि उनीहरूको नाम उम्मेदवारी परेको जनाएको छ । केसी बृहत् लोकतान्त्रिक मोर्चाबाट र मैनाली प्रगतिशील कानुन व्यवसायीका तर्फबाट प्रस्तावित रहेका छन् ।

यसैगरी उपाध्यक्षमा १७ कानुन व्यवसायीले उम्मेदवारी दिएका छन् । ७ उपाध्यक्षका लागि पूर्वाञ्चलबाट मदनकुमार खड्का र टंकप्रसाद उप्रेती, मध्यमाञ्चलबाट विनय सिंह र रामसहाय राय यादव, मोतीराज गौतम, राजकुमार थापा, वीरेन्द्रकुमार ठाकुर र रमेश बडाल प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै पश्चिमाञ्चलबाट घनश्याम पन्त, लीलाधर मरासिनी र गुमानसिंह अर्याल, मध्यपश्चिमाञ्चलबाट रेवतीरमण भट्टराई र शालिकराम सापकोटा, सुदूरपश्चिमाञ्चलबाट गंगाराम उपाध्याय र कलानन्द उपाध्याय प्रतिस्पर्धामा छन् । खुला महिला उपाध्यक्ष १ स्थानमा शान्ता सेढाईं सापकोटा र उषा मल्ल पाठकले उम्मेदवारीको उम्मेदवारी रहेको छ ।

महासचिवका लागि विराट न्यौपाने, खम्मबहादुर खाती, नरहरिनाथ योगी, गजेन्द्रबहादुर थापा, चेतबहादुर आले र दीनमणि पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै कोषाध्यक्षमा ज्ञानरत्न शाक्य, हरिओम तिमिल्सिना, नीना डंगोल र हरिबहादुर खड्काको उम्मेदवारी परेको छ । दलित एक पदका लागि श्यामकुमार विश्वकर्मा र दुर्गाबहादुर विश्वकर्माबीच प्रतिस्पर्धा हुनेछ । मधेसी÷मुस्लिम काठमाडौं उपत्यका बाहिर सदस्य पदका लागि अनिलकुमार साह र मधुर पाठकको उम्मेदवारी परेको छ ।

खुला मधेसी÷मुस्लिम सदस्यमा रमणकुमार कर्ण र विनोद कुमार, आदिवासी खुला सदस्यमा अस्मिनकुमार राई र रामसुन्दर श्रेष्ठ, जनजाति काठमाडौं उपत्यका बाहिरका सदस्यमा हरिनारायण चौधरी र राजकुमार श्रेष्ठ, काठमाडौं उपत्यका बाहिरको महिला सदस्यमा इन्दु कोइराला र शान्ति मोदीको उम्मेदवारी परेको छ । खुला महिलामा एकका लागि सानुमैयाँ महर्जन, आशा राई र कविता राई प्रतिस्पर्धामा हुनुहुन्छ । खुला काठमाडौं उपत्यका बाहिरबाट एक सदस्यका लागि पदमबहादुर शाही, शिवराज दाहाल र दलबहादुर धामीको उम्मेदवारी परेको छ ।

अन्य ७ खुला सदस्यमा ज्ञानेन्द्रप्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, शुकदेव काफ्ले, इन्द्रबहादुर अधिकारी, खड्गबहादुर बुढाथोकी, मदन श्रेष्ठ, चूडामणि भुसाल, गणेश गिरी, नागेशकृष्ण पोखरेल, गोपालप्रसाद शर्मा, तोयानाथ ढुंगाना, दीपक राई, अजयकुमार स्वर्णकार, विष्णुमाया भुसाल, कृष्णकुमार आंदम्बे, चूडामणि पौडेल, विषण राई, मंगल महर्जन, नरबहादुर खड्का र भूपेन्द्र पोखरेलको उम्मेदवारी परेकोे निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशंकर निरौलाले जानकारी दिए ।

प्रतिक्रिया