कसैलाई काखा कसैलाई पाखा किन ?

गतसाता भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता फुपूल्हामु खत्री हंगेरीको बुढापेस्टमा प्रशिक्षणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्दै छिन् । गत सागमा नेपालले जितेको ३ स्वर्ण पदकमध्ये १ फुपूल्हामुले जितेकी हुन् । त्यसैदिन नेपालले पुरुष फुटबलमा पनि स्वर्ण जितेपछि उनी छायाँमा परेकी थिइन् । मद्रास सागमा ३ स्वर्ण पदक जितेको नेपाली जुडो काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा भने समावेश थिएन । पाकिस्तान सागमा समावेश नभएको जुडो खेल कोलम्बो सागदेखि लगातार समावेश गरिँदै आएको छ । ११औँ सागमा पनि स्वर्ण पदकको अपेक्षा गरिएको यो खेलका केही महत्वपूर्ण खेलाडी लिप्mट दुर्घटनामा परेपछि नेपालको सपना तुहिएको थियो । यसै जुडो खेलले १२औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको हो । नेपालले जितेका ३ स्वर्ण पदकमध्ये सबैको आफ्नै खाले विशेषता रहेका छन् । सबैभन्दा महत्वपूर्ण पक्ष, जुन खेल भए पनि च्यापियन हुनु अत्यन्त कठिन र महत्वपूर्ण हो । तथापि, ३ पदकमा राज्य पक्षबाटै र सामाजिक क्षेत्रबाट यसरी भेदभाव र पक्षपातपूर्ण रह्यो कि खेलकुद भनेकै जात, धर्म, लिंग, वर्ण र क्षेत्रको आधारमा हुने भेदभाव अन्त्यका लागि हो भन्ने मान्यताको खिल्ली उडाइयो ।

झापाको का“कडभिट्टा सिमाना नै १२औ“ सागमा सहभागी नेपाली टोलीको प्रवेशद्वार थियो । त्यहीबाट फरक व्यवहारको सुरुआत भएको थियो । झापामा फुटबल टोलीको भव्य स्वागत गरियो भने फुपु ल्हामु खुसुक्क नेपाल आइन् । काठमाडौं दशरथ रंगशालामा फुटबल टोलीको स्वागत गरियो । अन्य २ स्वर्ण पदकधारीलाई कुनै वास्ता नगरिएपछि यस कार्यकोे विरोध भएको थियो । पछि फुटबल संघको कार्यक्रम भनिए पनि खेलकुदमन्त्री उपस्थित भए । उनले त्यहाँ पनि खत्री र निमा घर्ती मगरलाई सम्झन आवश्यक ठानेनन् । फुटबल टोलीका लागि पुरस्कारको घोषणा गरे । त्यसो त गतसागमा थुप्रै दुःखद् घटना देखिए । एथलेटिक्समा आफू बसेको होटलमा परिचय खुलाउन कागजात आवश्यक परेपछि उनी एकाएक पलायन भए । यसको छानबिन हुन बा“की छ । महिला भलिबलको हार अझ पीडादायी बन्यो । त्यो स्पर्धामा भएका हरेक घटनाको छानबिन त हुनु जरुरी नै छ । अन्य थुप्रै खेलमा यस्तैखाले घटना भए । खेलकुदमा हार र जित एउटा सामान्य प्रक्रिया हो । तर, यसका सर्वोपरी मूल्य र मान्यता छन् । ती हरेक मूल्य र मान्यता भत्किएका छन् । राज्य सत्य होइन, भिड र बजार हेर्न लागेको छ । यो बजार हेर्ने सोचले सबैभन्दा बढी प्रभावमा निमा घर्ती र फुपुल्हामु खत्री बने ।

नेपालले १३औँ साग आयोजनाको लागि झन्डा ग्रहण गरिसकेको छ । पूर्वाधार विकास र तयारी पछिल्लो विषय हो । प्राथमिक विषय त नेपाल आफ“ै खेलकुदको मूल्य र मान्यताअनुसार चल्न प्रतिबद्ध छ कि छैन भन्ने हो । यसमा राज्य प्रतिवद्ध देखिएको छैन । यस्तै मानसिकताले १३औँ सागको आयोजना कसरी होला ? एउटा गम्भीर प्रश्न तेर्सिएको छ ।

प्रतिक्रिया