प्रधान र राजभण्डारीलाई स्वागत

1 copyताप्लेजुङ, ११ फागुन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ–परिषद् सदस्य माधव प्रधानले कञ्चनजंघा साहित्यिक प्रतिष्ठान ताप्लेजुङलाई काठमाडांैसँग सम्बन्ध स्थापित गर्न जोड दिएका छन् । साहित्यिक प्रतिष्ठानले मंगलबार बिहान होटल जरामा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले ताप्लेजुङको साहित्यको विकासलाई अघि बढाउन प्रज्ञा प्रतिष्ठानमा समन्वय तथा स्रोत व्यवस्थापनमा आफूले पहल गर्ने बताए ।

यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सुष्मा राजभण्डारीले ललितकलाको क्षेत्रमा ताप्लेजुङ उपयुक्त श्रोत साधन भएको जिल्लाको रूपमा रहेको बताएकी छन् । सोही कार्यक्रममा बोल्दै राजभण्डारीले ताप्लेजुङमा उत्पादित अलैँचीको डाँठ पात, बाँस, अल्लोजस्ता कच्चा पदार्थबाट प्रशस्तै उत्पादनको सम्भावना रहेको जानकारी दिइन् ।

स्वागत तथा भेटघाट कार्यक्रममा प्राज्ञद्वय प्रधान र राजभण्डारीलाई साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराइद्वारा खादा ओढाएर स्वागत गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए । ०५८ सालमा ताप्लेजुङको साहित्यिक विकासमा टेवा पु¥याउने उद्देश्यले स्व.साहित्यकार जगमोहन शाक्यको अध्यक्षतामा स्थापित प्रतिष्ठानले स्थापनाको केही समयदेखि सक्रियता देखाउन सकेको थिएन् । ०७२ सालमा जुझारु युवाहरूको पहलमा पुनस्र्थापना भई कञ्चनजंघा साहित्यिक प्रतिष्ठानले जिल्लामा विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । ललितकला तथा नृत्य प्रशिक्षणको सिलसिलामा प्राज्ञसहितको टोली ताप्लेजुङ आएको हो ।

प्रतिक्रिया