काभ्रे, ११ फागुन । भकुन्डेबेँसीस्थित जेसिस तथा जुनियर जेसिसमा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जेसिसको २०१५ का पदाधिकारीहरूले २०१६का पदाधिकारीहरूलाई माला पैराउँदै पदभार सुम्पेका हुन् ।
भकुन्डेबेँसी जेसिस वर्ष २०१५ का अध्यक्ष यन्त्रनाथ खनालले २०१६ का अध्यक्ष मोदनाथ अधिकारी तथा जुनियर जेसिस वर्ष २०१६ का अध्यक्ष शर्मिला श्रेष्ठलाई मालासहित पद हस्तान्तरण गरेका थिए । काभ्रे क्षेत्र नं २ का संसद रामहरी सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल वाल संरक्षण सञ्जालका महासचिव कृष्णचन्द्र आचार्य, नेपाल जेसिसका पूर्वकार्यकारिणी उपाध्यक्ष एवं मातृ शाखा धुलिखेल जेसिसका पूर्वअध्यक्ष समीर व्याञ्जु श्रेष्ठ, भकुन्डेबेँसी जेसिसको वर्ष २०१५ का अध्यक्ष यन्त्रनाथ खनाल, वर्ष २०१६ का अध्यक्ष मोदनाथ अधिकारी, मातृशाखा धुलिखेल जेसिसका वर्ष २०१५ का अध्यक्ष मणिराम तखाच्छे, भकुन्डेबेँसी जुनियर जेसिसकी अध्यक्ष शर्मिला श्रेष्ठलगायतले जेसिसबारे चर्चा गरेका थिए ।
पदभार हस्तान्तरण कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘आजको परिवेश भ्रष्ट्राचार मुक्त देश’ कार्यक्रममा जनक उच्च माविका लक्ष्मी मिजार प्रथम, बुद्ध एकेडमीकी सुशीला अधिकारी द्वितीय, जनहित उच्च माविका खुसी श्रेष्ठ तृतीय र श्रीकृष्ण उच्च माविका सिर्जना अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रथमले नगद २५ सय र प्रमाणपत्र, द्वितीयले नगद २ हजार र प्रमाणपत्र, तृतीयले १५ सय नगद र प्रमाणपत्र र सान्त्वनालाई ५ सय नगद र प्रमाणपत्र प्राप्त गरेका थिए । वक्तृत्वकलाको निर्णायकको भूमिका पत्रकारहरू श्रीओम रोदन श्रेष्ठ, मधु पाठक र छविरमण सिलवालले निर्वाह गरेका थिए । यसै अवसरमा रक्तदान कार्यक्रम आयोजनासमेत भएको थियो । ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको भकुन्डेबँेसी जेसिस वर्ष २०१५ का अध्यक्ष यन्त्रनाथ खनालले जानकारी दिए ।
प्रतिक्रिया