उजेलीको राहत

काभ्रे, ११ फागुन । उजेली फाउन्डेसन नेपालले काभ्रेको नाल्दुममा रहेको केन्ट पब्लिक स्कुलका विद्यार्थीलाई केही राहत सामग्री वितरण गरेको छ । विद्यार्थीलाई एक जोर कपडा (ट्राउजर र भेस्ट), कपी र कलमहरू वितरण गरिएको हो । फाउन्डेसनका अध्यक्ष सुमन खरेल र विद्यालयका प्रिन्सिपल कमला राईले उनीहरूलाई सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रिन्सिपल राईले पढाइको गुणस्तर, विद्यार्थीको अनुशासन र सकारात्मक सोचमा ध्यान दिने बताएकी छन् । फाउन्डेसनका सचिव मधु लामिछानेले गरिब, मिहिनेति र भूकम्पपीडित बालबालिकालाई संस्थाले सक्दो सहयोग गर्ने बताएका थिए । यसअघि पनि यस संस्थाले भूकम्पपीडितका लागि विभिन्न सहयोगहरू गर्दै आएको थियो ।

प्रतिक्रिया