भक्तपुर । नवौँ प्रधानसेनापति अन्तर स्कुल क्रिकेट प्रतियोगितामा आयोजक सैनिक महाविद्यालय भक्तपुर र अक्सिडेन्टल पब्लिक स्कुलले विजयी सुरुआत गरेको छ ।
सेनिक महाविद्यालयको मैदानमा सोमबार भएको उद्घाटन खेलमा ल्याब्रोटरी स्कुललाई ९ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । ३३ रनको झिनो लक्ष्य पछ्याएको सैनिक स्कुलले निर्धारित लक्ष्य ५ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ल्याब्रोटरीले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ३२ रन मात्र बनाउन सक्यो । सैनिकका लागि प्रफुल श्रेष्ठले ५ विकेट लिए । यस्तै आशिष चौलागाइँले ३ तथा मन्दीप भण्डारीले २ विकेट लिए ।
सोमबारै भएको दोस्रो खेलमा अक्सिडेन्टलले जेम्स स्कुललाई २ विकेटले पराजित ग¥यो । जेम्सले दिएको ९५ रनको लक्ष्य अक्सिडेन्टलले १९औँ ओभरमा ८ विकेट गु्माएर पूरा ग¥यो । अक्सिडेन्टलको जितमा पारस पुजाराले २५ तथा विज्ञान गौतमले २४ रनको योगदान दिए । जेम्सका आराध्य देवकोटाले ४ तथा सुलभ कुँवरले २ विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जेम्सले १५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । अक्सिडेन्टलका विज्ञान गौतमले ४ तथा श्रीम श्रेष्ठ र सुशान्त ज्ञवालीले समान २–२ विकेट लिए । (सौस)
प्रतिक्रिया