खोजखबर

साइवर अपराधअन्तर्गत पक्राउ

सौर्य अनलाइन २०७२ फागुन ११ गते १३:३१ मा प्रकाशित

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराधअन्तर्गत मंगलबार नुवाकोटका शिव पौडेललाई पक्राउ गरेको छ । तुप्चे गाविस–१ का ३० वर्षीय पौडेललाई सामाजिक सञ्जालमार्फत विभिन्न महिलाको अश्लील तस्बिर राख्ने तथा सन्देश प्रवाह गरी मानसिक यातना दिने गरेको अभियोग लगाइएको छ ।

उक्त महाशाखाबाट खटिएको प्रहरी समूहले पौडेललाई वैदेशिक रोजगारका सिलसिलामा कतारबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो । प्रहरीले अनुसन्धानपछि विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाउन आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाएको छ । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय