भ्रमणले सम्बन्ध सुध्रिनेछ : नेपाल

pachthar_nepalपाँचथर, ८ फागुन । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले नेपालसँग चिसिएको सम्बन्ध सुध्रने विश्वास व्यक्त गरेका छन् । जिल्ला सदरमुकाम फिदिममा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले मुलुकको राष्ट्रिय हित, सार्वभौमिकता र स्वधिनतालाई ध्यानमा राखेर गरिएको भ्रमण उपलब्धि हुने बताएका हुन । नेपालको शिर ठाडो र स्वाभिमानलाई उचाइमा पुग्ने गरी दुवै देशको हितमा यो भ्रमण केन्द्रित रहेको बताए । उनले दुवै देशका नेता लचिलो भए मात्र सम्बन्ध अघि बढने जनाएका छन् ।

नेपालले सरकारले चीनसँग जोडिएको नाका पनि जतिसक्दो चाँडो खुलाउन सरकार लाग्नुपर्ने बताएका छन् । त्यस्तै मेची राजमार्ग ताप्लेजुङसम्म पुगिसकको र ताप्लेजुङ ओलाङचुङगोलासम्म पुगेमा चीनको नाका खोल्न सकिने पनि बताए । यो नाका खोल्ने हो भने पूर्वी नेपाल मात्र नभएर पूर्वीउत्तर भारतका नागरिकलाई समेत फाइदा हुने उनको जिकिर थियो । मध्यपहाडी पुष्पलाल लोकमार्ग पाँचथर, च्याङथापूदेखि वैतडीको झुलाघाटसम्म अहिले १ हजार ७ सय किलोमिटर रहेको र यसलाई छोट्याएर १ हजार २ सय मिटर बनाइनुपर्नेमा उनले जोड दिए । नेपालले भने यस्तै यो सडकसँग छुने १० वटा सहर रहेको र अब २० वटा बनाइनुपर्ने बताएका छन् ।

प्रेस चौतारी पाँचथरका अध्यक्ष तुलसी थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेता नेपालले पाँचथर जिल्लाका विभिन्न क्षेत्र अवलोकन गरी एमाले कार्यकर्तालाई समेत छोटो समयमा वर्तमान अवस्थाबारे प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया