काभ्रे, २ फागुन । काभ्रेस्थित परिकल्पना बचत तथा ऋण सहकारीले आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विगत ६ वर्षअघि स्थापना भएको परिकल्पना बचत तथा ऋण सहकारीले आफ्नो स्थपनाको अवसरमा मानव कल्याणको हित गर्ने उद्देश्यका साथै रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यकारी सचिव पूर्णचन्द्र सिग्देलले बताए ।
‘रक्तदान नै जीवन दान हो’ भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।
बनेपा चारदोबाटोमा ३ घन्टाको अवधिमा यति धेरै सहभागीले रक्तदान गरेका हुन् । करिब ६ सय सेयर सदस्य रहेको सो सहकारीले यसअघि भूकम्पपीडित सेयर सदस्यहरूका लागि राहतसमेत वितरण गरेको थियो । अध्यक्ष राधाकृष्ण श्रेष्ठले रक्तदानबारे बजारमा फैलने भ्रम र यथार्थता बारे सचेतनाका लागि यो अभियान सञ्चालन गरिएको बताएका छन् ।
प्रतिक्रिया