बुद्विजीवी परिषद्को जिल्ला अधिवेशन

पाँचथर, २ पmागुन । पाँचथरमा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को तेस्रो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले गायत्रीप्रसाद रिजालको अध्यक्षतामा १९ सदस्य कमिटी निर्वाचित गरेको छ ।

नवनिर्वाचित कमिटीको उपाध्यक्ष भवानीशंकर, सचिव टीकाराम खनाल र कोषाध्यक्ष जेबी चाम्लिङलाई निर्विरोध निर्वाचित भएका छन् । अन्य सदस्यहरूमा रामदयाल महत, बखत लिङदेन, गीता खत्री, परशुराम अधिकारी, विलियम वान्तावा, मित्रप्रसाद अधिकारी, दुर्गाप्रसाद पोखरेल, ऋषि गजुरेल, हरिमाया तामाङ, जितबहादुर थापा, जीवन गुरागार्इं, प्रकाश अधिकारी, निर्वाचित भएका छन् । कार्यक्रम एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य एवं सांसद गणेशकुमार काम्बाङको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रम एमाले अध्यक्ष राजकुमार भण्डारी, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य तथा मेची इन्चार्ज पूर्णमान लावती, एमाले जिल्ला कमिटी सदस्य महेन्द्र थाम्सूहाङ, युवा संघ केन्द्रीय सदस्य नरबहादुर गुरुङ, कर्मचारी संगठनका अध्यक्ष शेखर ढकाल, शिक्षक संगठनका अध्यक्ष मनरथ चापागाईं, किसान महासंघका अध्यक्ष गोपी अधिकारी, दलित जाति मूक्ति समाजका वीरबहादुर धमला, अनेम संघ कोषाध्यक्ष मुना नेम्वाङलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम तिवेन्द्रराज चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया