कुनै समाजमा धर्मको नाममा जातभातको नाममा वर्गको नाममा राजनीतिको नाममा संस्कारको नाममा अनेकौ“ नाराबाजी हुन्छ एउटा निर्जिव कपडा पहिरेको कारण मानवसागर उर्लन्छ एउटा चौपाया पशु काटेको कारण जनजीवन अस्तव्यस्त हुन्छ । केन्द्रमा, प्रकाशनमा कुरा पुग्छ जेलनेल तोकिन्छ तर त्यही कुनै यस्तो समाज छ मान्छेहरू छन् एउटा सानो दूधेबालिका लुटिन्छे बलात्कृत हुन्छे, एउटा नारी लुटिन्छे, मारिन्छे एउटा अवला बोक्सीको आरोपमा कुटिन्छे, गाउ“ निकाला गरिन्छे समाजबाट बहिष्कृत हुन्छे, निरन्तर यो प्रक्रिया दोहोरिरहन्छ ।
आफ्नो सुन्दरतामा घमण्ड नगर तिम्रो सुन्दरता सब क्षणिक हो, यो त तिमीलाई पनि थाहा छ, भोलि तिमी वृद्ध हुन्छौ । तिम्रो उमेरसँगै तिम्रो सुन्दरताले रूप फेरिसकेको हुनेछ । बल वंैश छ भनेर कसैलाई थिचोमिचो नगर तिमी पनि एक दिन नितान्त बूढो हुनेछौ । धन दौलत छ भन्दैमा आडम्बर नगर यो सबै हातको मैलो न हो, भोलि गएर हामी कंगाल पनि बन्न सकिन्छ । पैसाको निम्ती आफ्नो अस्तित्वलाई नगिराउ तिमी भोलि मरेर जान्छौ तर पैसा तिमीसँगै कहिले जाने छैन । तर, मरेर गए पनि तिम्रो अस्तित्व त रहिरहने छ ।
मानसम्मान पाउने आशामा कसैको चाकडी चुप्लुसी नगर । मानसम्मानको भागिदार बन्नलाई तिमी आपैmँ योग्य बन । तिम्रो आफ्नो योग्यताले तिमी आपैmँ सम्मानित हुनेछौ । गरिब, दुःखी, वृद्ध, बालक, रोगी सबैलाई आदर गर । तिमी आपैmँ आदरको पात्र बन्नेछौ ।
जति तिमी कसैलाई गिराउन खोज्दछौ,
नबिर्स त्योभन्दा बढी तिमी आपैmँ गिर्नेछौ ।
जति तिमी कसैलाई घृणा गरिरहेका हुन्छौ,
त्योभन्दा बढी स्वयं आपैmँ घृणित बन्नेछौ ।।
तिमी कसैलाई अपमान गरिरहेका छौ,
सम्झ तिमी नै अपमानित भइरहेका छौ ।
तिमीले हरेक कुरामा घमण्ड गर्नु व्यर्थै छ,
प्राण तिम्रो एक दिन उडेर जान्छ
शरीर तिम्रो सडेर जान्छ
तर, किन यति धेरै अहमता लिन्छौ ।।
हे मानवहरू हो लोभ, डाहा, घृणा गरेर तिमी आखिर के पाउछौँ ? यो सबै व्यर्थै छ, एक दिन सबै छोडेर जान्छौ । जानीजानी बुझ पचाउनेहरू हो, तिम्रा लागि कुनै अर्ती उपदेश छैन कारण तिमी अबुझ होइनौ । अबुझलाई त बुझाउन सकिन्छ, सम्झाउन सकिन्छ तर हे महानौटंकी बुझपचाउने मान्छेहरू हो तिमीहरूका लागि न दबाई छ न त कुनै उपाय नै, कारण तिमी असाध्यै लाचार छौ । लाचारीपनमा न त कुनै समस्या हुन्छ न त समाधानगर्ने मार्ग नै, लाचारीपन नै सबैभन्दा ठूलो अव्यवस्थित समस्याको मूल जड हो ।
तिमी हरेक कुरालाई बुझ पचाएर नाटक गरिरहेका छौ । नाटक रचिरहेका छौ, अनि त्यसको स्वयं आपैmँलाई पात्र बनाइरहेको छौ । हे कलंक, तिमी किन जानीजानी आपैmँ पुतलीझै खिलौनाझै आफ्नो अस्तित्वलाई आफ्नो स्वामित्वलाई धज्जी बनाएर उडाइरहन्छौ, नचाइरहन्छौ स्वयं आपैmँ नर्तकी बनी ।
तिमीलाई नै थाहा छ सबै कुराहरू के राम्रो के नराम्रो ? के सत्य के भूmठ स्वयं तिमी आपैmँ त्यसको निरीक्षण गर्न परीक्षण गर्न सक्छौ त ? तर किन ? आपैmँ जानीबुझी बुझपचाएर कुमार्ग तिर आफ्नो रप्mतार बढाउँछौ ? किन गलतलाई गलत अनि सहीलाई सही भन्न तिमी हिच्किचाउँछौ । उफ… मनुष्य तिम्रो नाटक देखेर पनि सारा प्राणीहरू पनि अच्चम्मित छन् । तिम्रो हरेक नौटंकी व्यवहारमा तिमीलाई दुःख परेको तिमीलाई पिर परेको तिमीलाई दबाब परेको तिम्रो मन खिन्न भएको तिमीलाई समस्या परेको तिमीलाई कसैले घृणा गरेको तिमीलाई अभाव परेको तिमीलाई घात परेको मात्रै महसुस गर्छौ किन ?
तिमी कोही तिम्रो अगाडि असहाय पीर वेदनाले अभावले तिम्रै अगाडि लडिरहेको हुन्छ छट्पटाइरहेको हुन्छ जीवन र मरणको दोसाँधमा । तर, तिमी त्यसलाई बेवास्था गरी अन्तै बाटो मोडेर हिडिदिन्छौ । अनि, तिमीसँगै हिँड्ने साथीले बिचरा यस्तो भएर छटपटिरहेको छ केही सहयोग त गरौँ एम्बुलेन्स बोलाऔँ या पुलिस या त समाजसेवीलाई बोलाउँभन्दा धेरैजसोले स्वीकार गर्नु सहमति दिनु त परै जाओस् हेइट छिटोछिटो हिँड को फस्ने यस्तोमा भरै यो सबै झन्झट आपैmँलाई आइपर्छ भनेर हतास गर्दै हत्तारिँदै तर्किन्छन् ।
बिचरा ऊ असक्त भई कसैले सहयोग गर्दछन् कि भनेर सहयोग पाउने आशामा आफ्नो आँखा बिच्छाइरहेको हुन्छ । यदि, म त्यो ठाँउमा हुने हो भने त्यो उसले सोच्दैन यदि त्यही ठाउँमा उसको बाबाआमा, श्रीमान्श्रीमती, छोराछोरी, दाजुभाइ, दिदीबहिनी कोही आफन्त हुनु हो भने कतै त्यो वास्ता नै नगरी जाने मान्छेलाई गाली सराप दिने थियो होला ? तर, ऊ पनि कसैको बाबाआमा, छोराछोरी, श्रीमान्श्रीमती आफन्त कोही होला भनेर किन सोच्न महसुस गर्न सक्दैन । अरूको लागि महसुस गर्ने सोच्ने आत्मा किन मरिसकेको हुन्छ किन मार्न चाहान्छन् यो मान्छेहरूले माया ममता र सहयोगको भावनाहरू व्यवहारहरू ।
कुनै समाजमा धर्मको नाममा जातभातको नाममा वर्गको नाममा राजनीतिको नाममा संस्कारको नाममा अनेकौँ नाराबाजी हुन्छ एउटा निर्जिव कपडा पहिरेको कारण मानवसागर उर्लन्छ एउटा चौपाया पशु काटेको कारण जनजीवन अस्तव्यस्त हुन्छ । केन्द्रमा प्रकाशनमा कुरा पुग्छ जेलनेल तोकिन्छ तर त्यही कुनै यस्तो समाज छ मान्छेहरू छन् एउटा सानो दूधेबालिका लुटिन्छे बलात्कृत हुन्छे, एउटा नारी लुटिन्छे, मारिन्छे एउटा अवला बोक्सीको आरोपमा कुटिन्छे, गाउँ निकाला गरिन्छे समाजबाट बहिष्कृत हुन्छे, निरन्तर यो प्रक्रिया दोहोरिरहन्छ ।
आजभोलि एक–दुईदिन आफन्तहरू छिमेकीहरू विरोधमा उत्रन्छन् दुई÷चार वटा समाचारमा छापिन्छ तिन÷चार दिनमा सबै साम्य हुन्छ । न त त्यो कुराको कुनै निष्पक्ष फैसला हुन्छ न त कुनै निश्चित नियम कानुन नै पारित हुन्छ । मर्ने मरेर जान्छ कोही बलात्कृत हुन्छे, कोही समाजबाट बहिष्कृत हुन्छे, सबै ऊ विवश भएर सहन बाध्य बन्छे । क्षतिपूर्ति स्वरूप भनेर उसको ज्यानलाई उसको इज्जतलाई उसको अपमानलाई धनदौलतसँग दाँजिन्छ कतिसम्म स्वार्थी अनि निस्प्रेम मानवसमाज नसोचेर सोचि सक्नु छ, न त भनेर भनि सक्ने, न त लेखेर नै सकिने ऊफ… खै के भन्ने ?
सम्झँदै सबै नौनाडी गलेर आउँछ । अब, अभैm कहिलेसम्म यो प्रक्रिया दोहोरिरहने हो कहिलेसम्म यस्तो असुरक्षित समाजमा ज्यानको इज्जतको अपमानको प्रहारहरू खपेर ज्यूँन बाध्य बन्नुपर्ने हो नारीहरूले । जुनदेशमा जुन समाजमा नारी राष्ट्रपति हुन्छिन्, जुन देशमा महिला मान्य सभामुख हुन्छिन्, जुन देशमा नारी सांसद छिन्, जुन देश समाजमा महिलामुक्तिका लागि भाषण गरिन्छ जुन समाजमा नारी स्वतन्त्रताका लागि नारा लगाइन्छ जुन स्थानमा महिला समानताको लागि आवाज उठाइन्छ तर किन ? त्यही देशमा त्यही गाउँ समाजमा आफ्नै घरमा आफ्नै गाउँमा आफ्नै समाजमा दिनहुँ नारी अपहेलित हुन्छे ? पलपल त्यही समाजमा ऊ बलात्कृत हुन्छे त्यही अंगभंग हुन्छे त्यही स्थानमा ऊ मारिन्छे ।
यसको उत्तर म कोसँग सोधुँ कोसँग खोजुँ ?
बुधबारे–५ झापा, नेपाल, हाल – युके
प्रतिक्रिया