अक्षर चिनाउँदै सकियो सरस्वतीपूजा

काठमाडौं, १ फागुन । आफ्ना साना नानीलाई अक्षराम्भ गराउँदै यसवर्षको सरस्वती पूजा समापन गरिएको छ । प्रत्येक वर्षभँैm माघशुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा गरी आफ्ना साना नानीहरूलाई अक्षराम्भ गराइएको हो ।

माघशुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा गरिने चलन अनुसार यसवर्ष पनि विद्यालय र मन्दिरमा साना नानीको हात समाएका अभिभावकको विद्यालय र मन्दिरमा भिड देखिएको छ । बिहानैदेखि विद्याकी अधिष्ठात्रीको पूजा गरी बालबालिकालाई पढ्न सिकाएमा पछिसम्म पढ्न आउने विश्वास लिई मन्दिर र विद्यालयमा भर्ना गर्न आएको अभिभावकको भनाइ छ ।

तीन वर्षकी छोरीलाई लिई विद्यालयमा भेटिनुभएकी मनमैँजुकी रेजिना लामा सरस्वती पूजाको दिन विद्यालय भर्ना गरी अक्षर चिनाउँदा पढाइ राम्रो हुने विश्वास गरी विद्यालय शनिबारको दिन छोरीलाई भर्ना गर्न आएको बताइन् । पं. मुकुन्द भण्डारी सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा र धीश्वरी नामले समेत सम्बोधन गरिने भएकाले शनिबारका दिन बालबालिकालाई अक्षर चिनाउँदा शुभ हुने बताए ।

गोंगबुकी सिमोन न्यौपाने पनि आफ्नो छोरालाई लाजिम्पाटस्थित सरस्वतीको मन्दिरमा अक्षर चिनाउँदै थिइन् । उनले भनिन्, ‘आजकोे दिन आफ्ना नानीको अध्यापनको सुरुआत गराउनाले पढाइ राम्रो हुन्छ, विद्याकी देवी सरस्वतीको ध्यान गरी अध्ययन गरेमा भविष्य पनि राम्रो हुन्छ ।’ माउन्ट लार्के सेकेन्डरी स्कुलकी शिशु कक्षाकी शिक्षिका सावित्री न्यौपानेसँग धेरै अभिभावकले आफ्ना नानीको भर्ना पनि शनिबारकै दिन गर्ने गरेको अनुभव छ ।

शनिबारकै दिन काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारा, ललितपुर लेले, लाजिम्पाट र मुलुकभरका सरस्वती मन्दिरमा ज्ञानकी देवीको पूजा गर्न बिहानैदेखि साना नानी लिएर आएका अभिभावक र विद्यार्थीको घुइँचो लागेको थियो । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई साहित्यकार, कलाकार, पत्रकार, संगीतकार, शिक्षक र विद्यार्थीले शनिबार आआफ्ना कला–साधनाका वस्तुलाई सरस्वतीका रूपमा पूजा गर्ने चलन छ । त्यसैगरी तान्त्रिकले पनि आफ्नो तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्ने पण्डित भण्डारीको भनाइ छ ।

 

प्रतिक्रिया