कथा: दस्तावेज

bishad copyबाहिर झरी पर्न सुरु गरिसकेको थियो । झ्यालका कुनाकाप्चा ठोक्किदै पानीका केही थोपाहरू विष्णु शर्माका गालाभरि शीतलता छर्न आइपुगे । आप्mनो मोटो चश्मा र हातको सानो किताब टेबलमा छोडेर उनी झ्यालनजिक पुगे । ‘ओहो ! आज कति चाँडै अँध्यारो भएछ ?’ झरीले गर्दा पाँच बज्दानबज्दै बाहिरी वातावरण अँध्यारो भइसकेको थियो । सडकभरि जाममा रुकेका मोटरका बत्तीहरूको चापमा सिंगो सहर कतै हराएभँैm देखिन्थ्यो । सधँै उनले हेर्ने गरेको यो सहर आज नौलोनौलो लाग्दै थियो । पूरा सहर चियाउँदै गरेका उनका आँखा एउटा बन्द भइसकेको स्वदेशी साबुन कम्पनीको भव्य पुरानो भवननिर पुगेर आपँैm रोकिए । आजसम्म त्यो भवनलाई ध्यान दिएर उनले हेरेका रहेनछन्, बल्ल चाल पाए उनले । भवनको टुप्पोमा एउटा बडेमानको होर्डिङबोर्ड निकै उज्यालोको साथ चम्किरहेको थियो । आँखालाई निकै दुःख दिएर उनले हेरे, त्यो बोर्ड छिमेकी देशको एउटा चर्चित बहुराष्ट्रिय कम्पनीको थियो । सो कम्पनीले बनाउने जुसमा कीरा भेटिएको भन्दै अघिल्लो महिना देशमा ठूलो बबन्डर मच्चिएको उनले सम्झे । ठूलो माछाले सानो माछालाई निलेभँैm त्यो होर्डिङबोर्डले सो भवनलाई एकै गाँसमा निलिरहेभँैm लाग्यो उनलाई । उनी निकैबेरसम्म त्यही परिदृश्यमा टोलाए र अन्तमा झ्याल ठ्याप्प बन्द गरेर फेरि त्यही सानो किताब पढ्न थाले ।

पूर्वसांसद विष्णुप्रसाद शर्मा अघिल्लो झन्डै एक घन्टादेखि भर्खरै सशस्त्र विद्रोह थामथुम गरेर सहर पसेको पार्टीको गोप्य दस्तावेज पढ्दै थिए । कोठाबाहिर परिरहेको झरीले केही क्षण उनको ध्यान खिचेको थियो । उनी बाहिरबाहिर भाषण गर्नुपर्दा त विश्वस्त पाराले अब यो पार्टी सिद्धिन्छसिद्धिन्छ भनी कुर्लन्थे तर भित्रभित्र डराउँथे पनि । अब फेरि केही नयाँ तरिकाले आफ्नै मुद्दाहरू स्थापित गरिछाड्छ भनेर उनको छातीमा ढ्याङ्ग्रो बजिरहन्थ्यो । त्यहि भएर विरोधी पार्टीकै सही, हर दस्तावेजहरू मगाएर पढ्ने र त्यसै अनुरूप चलाखीपूर्ण रूपले आफ्नो पार्टीलाई सल्लाह दिने अहिले उनको दिनचर्या थियो ।

‘जनतन्त्र र राष्ट्रियता एकअर्कासँग अभिन्न रूपले गाँसिएका हुन्छन् नै । जनतन्त्रको प्रश्न महत्वपूर्ण हँुदाहुँदै पनि अहिले राष्ट्रियताको प्रश्न प्रधान बन्न गएको छ । देशको सिमानादेखि सत्तासम्म छिमेकी देशको राज्यसत्ताको प्रत्यक्ष हस्तक्षेप छ अहिले । न्यूनतम रूपले राष्ट्रिय स्वाधिनताको पक्षमा रहेका जो–कोहीसँग पनि एकता गरेर मात्र अहिले देशको अस्तित्व रक्षा गर्न सकिन्छ । नत्र भविष्यले न त हामीलाई न त अरू कुनै पार्टीलाई नै क्षमा दिनेछ ।’ दस्तावेजको यो लाइन फेरि दोहो¥याएर पढे उनले ।

भित्र भान्साबाट माछा भुटेको बासना आइरहेको थियो । श्रीमती थोरै झोँकमा केही बर्बराउँदै पनि थिई । तर, विष्णुप्रसादले सुनेनन् । ‘फेरि माछा पकाएछि शारदाले । कहिलेकाहिँ त गाउँबाट आमाले पठाएको सिन्की पनि यसो बनाइदे हुन्थ्यो नि ।’ कुनैबेला गाउँमा आमाले पकाएको गाउँले खाना सम्झिँदै उनले मुख मिठ्याए । आफ्नो कोठाबाट छोरा ठूलोठूलो स्वरमा हिन्दी गीत गुन्गुनाउँदै थियो । विष्णुप्रसादलाई रिस उठिरहेको थियो । तैपनि उनी उठेर गएर छोरालाई गाली गर्ने मुडमा थिएनन्, उनी त व्यस्त थिए गोप्य दस्तावेज पढ्न, त्यो पनि प्रधान विरोधी पार्टीको, जसको एक साधारण उम्मेदवारले उनीजस्तो केन्द्रीय स्तरको नेतालाई अघिल्लो संविधानसभाको चुनावमा पछारेको थियो ।

‘अनी छोरालाई इन्डिया पढाउन पठाउनुप¥यो नि अब । एसएलसीमा तेत्रो नम्बर ल्या‘छ, उतै राम्रो हुन्छ ।’ श्रीमतीको वाणीसँगै झस्किए विष्णु शर्मा ।

‘सोचौँला !’ बेवास्ताको शैलीमा सिधा उत्तर दिए, मतलब उनलाई छोरालाई बाहिर पठाउने मुड थिएन सायद ।

‘सोचौँला रे ! हिजोसम्म त हुन्छ भन्दै हुनुहुन्थ्यो त, के भो आज । यो देशमा राखेर के गर्नु र उल्लाई ? केही हुनेवाला छैन यहाँ । तपाईंलाई पो देश जति बिग्रो, त्यति जाति हुन्छ नेतागिरी गर्न, हामलाई त यो बिग्रेको देशमा बस्ने रहर छैन, म पनि जान्छु छोरासँगै ।’

श्रीमतीले मानौ घाँटी अठ्याएभैmँ लाग्यो विष्णु शर्मालाई । ‘हँ ? देश जति बिग्रो, त्यति जाति हुन्छ नेतागिरी गर्न ?’ मनमनै प्रतिप्रश्न गरे उनले ।

श्रीमती अनेक कचकच गर्दै भान्सामै फर्किइन् । विष्णु शर्माको कानमा भने तिनै शब्दहरू गुञ्जिरहे, ‘देश जति बिग्रोे, त्यति जाति हुन्छ नेतागिरी गर्न ।’

उनले कुर्सीलाई पछाडिसम्म तन्काए र एकछिनसम्म आँखा चिम्म गरिरहे । आफ्नो पार्टीको लोगो अंकित धातुको ब्याच फुकालेर टेबलमा राखे र एकछिनसम्म ब्याचमा घोरिए । फेरि टेबलमा पल्टिरहेको दस्तावेजका बाँकी लाइनहरूमा उनको आँखा दौडिन थाल्यो ।

प्रतिक्रिया